२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अधिकारीलाई राप्तीसोनारीमा स्वागत


नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित केन्द्रिय सदस्य चक्र अधिकारीलाई राप्तीसोनारी उद्योग वाणिज्य संघले स्वागत तथा बधाई दिएको छ । संघले शुक्रवार बिहान राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ सम्शेरगन्जमा एक कार्यक्रमका बीच केन्द्रिय सदस्य अधिकारीलाई स्वागत तथा बधाई दिएको हो ।

राप्तीसोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुंगानाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेत, संघका वरिष्ठ उपाध्यक्ष डिल्ली गिरी, कोहलपुर उद्योग वाणिज्य संघका उपमहासचिव मात्रिका सापकोटा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका केन्द्रिय सदस्य अधिकारीले आफुले समग्र उद्योगी, ब्यवसायीको हकहितका लागि काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।

Nabintech