४ माघ २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
२९ औ अन्तर्राष्ट्रिय अपांगता दिबस मनाईयो


२९ औ अन्तर्राष्ट्रिय अपांगता दिबस अवसरमा कोहलपुरमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
२९ औ अन्तरार्ष्टिट्रय अपांगता दिबस आयोजक कोहलपुर नगरपालिकाको समुन्वय सहकार्यमा डेक नेपाल बाँके, अपांग नबजिबन केन्द्र कोहलपुर, समाज सेवा सस्था नेपाल बाँके, बाँके युनेस्को क्लब, नेपाल आपाङ्ग महिला संघ,परिलक्षित ललितपुर, नगर स्तरीय अपांगता संजाल कोहलपुर, नगर स्तरीय बाल संजाल, अपाङ्ग स्वाबलम्बन केन्द्र कोहलपुर, बाँके अपाङ्ग महिला संघ, नेपालगंज मेडिकल कलेजका संघ सस्थाहरुको समुन्वयमा २९ औ अन्तर्राष्ट्रिय अपांगता दिबसका अवसरमा बिभिन्न कार्यक्रम गरिएकोहो ।
कार्यक्रमको अध्यक्षता कोहलपुर नगरपालिकाकी उप नगर प्रमुख सन्जु कुमारी थारुले गरेकी थिईन । “कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ःअपाङ्गता भएका ब्यक्तिहरुको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिबद्धता “भन्ने नारा मनाईएको दिवसका अवसरमा अपाङ्ग भएका ब्यक्तिलाई सभ्य र सकारात्मक दृष्टिकोण अनि बिकासमा समाबेशी सहभागिता सहितको प्रतिबद्धता गरी हस्ताक्षर संकलन गरी १५ जना अपाङ्गता उद्धमीलाई सम्मान एबम आर्थिक रुपले अति बिपन्न र अशक्त ब्यक्तिलाई न्यानो कपडा बितरण समेत गरीएको उपप्रमुख थारुले जानकारी दिईन । कार्यक्रममा कार्यपाकिका सदस्य नारायणी वलीले अपांगता भएका व्यक्तिहरुको हक हितको बारेमा बोलेका थिए ।

Nabintech