१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बैजनाथमा राष्ट्रिय यूवा संघको बृहत रक्तदान,हाल सम्मकै सबै भन्दा बढीले गरे रक्तदान


कोहलपुर /रक्तदान बाँकेको बैजनाथमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रय यूवा संघ बैजनाथले आज (शुक्रबार) बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैजनाथ स्थित प्रभाव मावि जिगाँउमा भएको रक्तदान कार्यक्रममा हालसम्मकै सबै भन्दा बढीले जिल्ला भित्र रक्तदान गरेका छन । यूवा संघ बैजनाथका अध्यक्ष अशोक मल्लले दिएको जानकारी अनुसार नेपका प्रदेश कमिटि सदस्य नरेन्द्र पाण्डेले रक्तदान गरेर सुरुवात गरेको उक्त कार्यक्रममा हाल सम्म ३ सय ४० जनले रक्तदान गरेका छन् । रक्तदान जारी छ ।
“रक्तदान जिवन दान” भन्ने मुल नाराका साथ गरिएको रक्तदान कार्यक्रममा सबैभन्दा धेरै पटक रक्तदान गर्ने यस क्षेत्रका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा घेरै पटक रक्तदान गर्ने हेम कुमार रावत, उदिपबाबु रेग्मी, गोपी खनाल लगायतलाई सम्मान गरिएको यूवा संघ बाँकेका संयोजक कुष्माकर बस्यालले जानकारी दिएका छन् ।

रक्तदान कार्यक्रममा बोल्दै नेकपा बाँकेका अध्यक्ष आई.पि. खरेलले यूवाहरु संधै असल कामको सम्बाहक हुनु पर्ने बताउँदै यूवाहरु देश निर्माणका साथै समाजिक भूमिका निर्माणमा जुट्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै नेकपा बाँकेका सचिव अशोक कोईरालले कोरोना महामारीका समयमा रगत अभाव भईरहेका बेला यूवा संघले अत्यन्तै राम्रो काम गरेको बताए । कार्यक्रममा बोल्दै संबिधान सभाका सदस्य दल बहादुर सुनारले यूवाहरुले सामाजिक कामका साथ–साथै पार्टी भित्रका गलत प्रवृतिका बिरुद्ध खवरदारी गर्नुपर्ने बताउँदै नेकपा फुटाउन खोज्ने तत्वको खोजबिन गरी खवरदारी गर्न यूवाहरुलाई अग्रह समेत गरेका थिए । कार्यक्रममा नेकपा जिल्ला कार्यालय सदस्य निरक गुरुङ, यूवा संघका केन्द्रीय सदस्य सुरज जागाा, यूवासंघका जिल्ला सदस्य सुनिल रसाईली लगायतले रगत अभाव हुँदा कसैको पनि ज्यान जोखिममा नहुन दिनका लागि सबैले रक्तदान गर्न आवश्यक रहेको बताएका थिए ।
सो कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्यहरु डम्वर बिक तुफान, नरेन्द्र पाण्डे जेम्स, नरेन्द्र न्यौपाने, प्रेम भुषाल, जिल्ला नेता रत्न खत्रि, प्रमोद धिताल, अब्दुल हुसेन खाँ, रेणुका खड्का, घननाथ खनाल, सुर्य ढकाल लगायतका जिल्लाका नेता कार्यक्रर्ताहरुको सहभागिता रहेको थियो ।

Nabintech