९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बिद्यार्थी नेता लक्ष्मण मानव माथी सांघातिक आक्रमण


कोहलपुर (बाँके)/ कोहलपुरका बिद्यार्थी नेता लक्ष्मण मानव माथि गयराती सांघातिक आक्रमण भएको छ । कामको सिलसिलामा नेपालगंजबाट घर तर्फ आउँदै गर्दा गएराती कोहलपुर चौराहा नजिक धारितो हतियारले आक्रमण गरिएको परिवारिक श्रोतले जानकारी दिएको छ । आक्रमणबाट उनको टाउको र निधारमा चोट लागेको उनका दाजु महारुद्र आचार्यले जानकारी दिए ।
४/५ जनाको हतियारधारी समुहले योजनाबद्ध तरिकाले आक्रमण प्रयास गरेको र आफु भाग्न सफल भएको उनले नयाँ कोर्सलाई जानकरी दिए । कोहलपुर चौराहाको केही मिटर पुर्व तर्फ भएको घटना लगतै प्रहरीलाई जानकारी गराएको भएपनि समयमै प्रहरीले घटना स्थल नपुग्दा आक्रमणकारीहरु भाग्न सफल भएको उनले बताए ।
अन्दाजी १० बजेको सयममा कोहलपुर चौराहा हुदै मुख्य राजमार्ग बाटै उत्तर तर्फ जाँदै गरेका उनललाई कोहलपुर नगरपालिकाको गेटदेखि केही उत्तर तर्फ आक्रमण गरिएको प्रहरीले जनाएको छ । घाईते लक्ष्मण मानवका अनुसार पैदल हिडिरहेका उनलाई सुरुमा १ जनाले आक्रमण गरेको र अन्य लाई बोलाउदै गर्दाको समयमा राजमार्गमा ट्रक र मोटरसाईकल आएपछि उनिहरु केही व्याक भएको मौका छोपी आफु भाग्न सफल भएको नयाँ कोर्सलाई जानकारी दिए ।
उनी सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट बिधार्थी संगठन अनेरास्वबियूको जिल्ला सचिवालय सदस्य एंव कोहलपुर नगर अध्यक्ष हुन ।
ईलालका प्रहरी कार्यालय कोहलपुरका प्रमुख कुलदिप चन्दले प्रहरीलाई जानकारी लगतै आक्रमणकारीहरुको खोजीकार्य तिब्र पारिएको जानकारी दिए ।

Nabintech