कोहलपुर/मदन भण्डारि स्पोर्ट्स एकेडेमी बाँकेले रक्तदान कार्यक्रममा सम्पन्न गरेको छ ।
मदन भण्डारि स्पोर्ट्स एकेडेमी बाँकेले बैजनाथ गाउँपालिका वडा न ५ स्थित प्रभात मावि जीगाउँमा उक्त रक्त दान कार्यक्रम सप्पन्न गरेको हो ।
रक्त दान कार्यक्रममा संघिय सांसद नन्दलाल रोकाया, संविधान सभाका सदस्य देवराज भार, नेकपा जिल्ला कमिटी सदस्य लगाएत विद्यार्थी युवा नेताहरुको उक्त रक्त दान कार्यक्रममा सहभागी रहेको नेकपा युवा नेता युर्य ढकालले नयाँ कोर्सलाइ बताए । कार्यक्रममा १ सय १२ पिन्ट रगत संकलन भएको छ ।