१२ मंसिर २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोना बिरुद्ध सचेतना फैलाउदै नेकपा


कोरोना भाईसको रोकथाम तथा नियन्त्रणकालागि नेपाल कम्यूनिष्ट पाटी (नेकपा) बाँकेले विशेष अभियान संचालन गर्ने भएको छ ।
नेकपा कोहलपुर नगर कमिटि र क्षेत्रिय समन्वय कमिटिबिच सोमबार भएको छलफलले कोरोनासम्बन्धि जनचेतानामुलक गतिविधि संचालन गर्ने निर्णय गरेको हो ।

बैठकले कोरोना भाइरस फैलन नदिन सबैलाई होम क्वारेन्टाइनमा बस्न, मास्क प्रयोग गर्न र नियमित साबुनपानीले हात धुन अनुरोध गर्नुकासाथै सबै वडाहरुमा सचेतता मुलक सन्देश प्रवाह गर्न माइकिङ गर्ने निर्णय गरेको नेकपा क्षेत्रिय समन्वय कमिटि बाँके क्षेत्र नं. १ (ख) का संयोजक नरेन्द्र न्यौपानेले जानकारी दिए । त्यसैगरी सम्भाबित खतरालाई मध्येनजर गरि क्वारेन्टाइन र आइसुलेसन स्थल तयार गर्न कोहलपुर नगरपालिका र कोहलपुर मेडिकल कलेजलाई आग्रह गर्ने, संकटका बेलामा दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन सम्बन्धि सबै पक्षसँग आग्रह गर्ने साथै संकटको बेलामा कालोबजारी हुन नदिन सबै लाई सचेत गराउने लगाएत निर्णय भएको न्यौपानेले जानकारी दिए ।

यसैबिच नेपाल कम्यूनिष्ट पार्टी, क्षेत्रिय समन्वय कमिटि बाँके क्षेत्र नं. १ ले कोरोना भाईरस सम्बन्धि जनचेतानामुलक अभियान संचालन गर्ने भएको छ । विश्वब्यापी रुपमा महामारीको रुप लिईरहेको कोरोना भाईरसको बारेमा स्थानियहरुलाई जानकारी दिने उद्धेश्यले अभियान संचालन गर्न लागिएको हो ।

अभियान अन्तर्गत बाँके निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने ३० वटा वडामा कोरोना भाईरस सम्बन्धि प्रचार सामग्री बाँडिने भएको छ । सोमबार र मंगलबार संचालन गरीने अभियानका क्रममा १५ हजार प्रति प्रचार सामग्री बाँड्ने तयारी गरिएको नेकपा क्षेत्रिय समन्वय कमिटि बाँके क्षेत्र नं. १ का संयोजक सुर्य ढकालले जानकारी दिए ।

Nabintech