९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अवसर र चुनौति दुवैसग सामना गर्छु-केन्द्रिय सदस्य अधिकारी


कोहलपुर/नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चक्र बहादुर अधिकारीले बाँकेको बैजनाथमा निर्माण हुने औद्योगिक क्षेत्रको विकास र निर्माणका लागि आफ्नो पहिलो कार्य हुने बताएका छन् । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि कोहलपुर उद्योग वाणिज्य संघले आफ््नै भवनमा गरेको स्वागत तथा सम्मान कार्यक्रमा बोल्दै आफ्नो प्रमुख लक्ष्य भनेको नौवस्ता औद्योगिक क्षेत्रको निर्माण गर्ने रहेको बताउँदै औद्योगिक क्षेत्र निर्माण नभए आन्दोलन गर्ने चेतवना समेत दिएका छन् । साथै उनले उद्योगि व्यापारीहरुको विभिन्न समस्याहरु रहेकाले ति समस्याहरु समाधान गर्नका लागि पूर्ण रुपमा ईमान्दार भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । देशभरीका उद्योगि व्यापारीहरुको साथ र सहयोगले केन्द्रीय सदस्यमा निर्वाचित भएको बताउँदै आफु निर्वाचित भएसँगै अवसर र चुनौति दुवै रहेको बताएका छन् । साथै उनले कोहलपुरको विकास र समृद्धिका लागि आफ्नो निरन्तर साथ र सहयोग रहने बताउँदै केहि समय भित्र कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचिन सर्वसम्मत गराउने प्रतिवद्वता समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्णमान श्रेष्ठले कोरोनाका कारण साना तथा ठुला व्यवसायहरु अस्तव्यस्त भएको बताउँदै त्यस्ता व्यवसायीहरुलाई कसरी अगाडि बढाउने विषयमा सबै गम्भिर भएरलाग्नुपर्ने र विशेष गरी व्यापारीहरुको नेतृत्व गर्नु भएका चक्र बहादुर अधिकारीले विशेष जिम्मेवारी लिनुपर्ने बताएका छन् । साथै उनले बाँकेमा लगानी सम्मेलनको नेतृत्व गर्नु अधिकारीलाई आग्रस समेत गरेका छन् । कार्यक्रममा बोल्दै नेकपा लुम्बिनी प्रदेशका सदस्य नरेन्द्र न्यौपानेले चक्र बहादुर अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै अब ग्रामिण क्षेत्रका व्यापारीहरुको आवाज अब केन्द्रमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सो कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्ण बहादुर थापा, नरेन्द्र शर्मा, चिन्तामणि धिताल र राजेन्द्र श्रेष्ठले कोहलपुर उद्योग वाणिज्य संघले केन्द्रमा प्रतिनिधि गर्नु आफै चुनौतिको विषय भएको बताउँदै अब केन्द्रमा भएको प्रतिनिधित्वले व्यवसायीहरुका साँझा मुद्धालाई विशेष जोड दिन सुझाव दिएका थिए । सो कार्यक्रमको सहजिकरण कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले गरेका थिए ।

Nabintech