१३ माघ २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नदीजन्य पदार्थ रोकिदा बिकास निर्माणका काम ठप्प


कोहलपुर (बाँके)/ जिल्ला प्रशासन कार्यालय बाँकेले नदीजन्य पदार्य उत्खनन्मा रोक लगाए पछि जिल्लामा सञ्चालीत बिकासका आयोजनाहरु प्रभाबित भएका छन् ।
अघिल्लो आर्थिक बर्षमा नदीजन्य पदार्थ उत्खनन्का लागि ठेक्का लगाउन नसकेकोको राप्ती सोनारी गाउँपालिकाले यस बर्ष भने समयमै ठेक्का दिएको थियो । जिल्ला प्रशासन कार्यालय बाँकेले गृह मन्त्रालयको आदेश भन्दै नदीजन्य पदार्थ निकाल्न रोकेपछि विकासका काम प्रभाबित भएको हो । नदीजन्य पदार्थ निकाल्न नपाउँदा राष्ट्रिय गौरवको हुलाकी सडक आयोजनालाई निर्माण सामाग्रीको अभाव भएको ठेकेदार कम्पनी एपेक्स कंकाली खड्का कृष्ण जेभीका सञ्चालक जय केसीले नयाँ कोर्सलाई बताए ।
केसीका अनुसार अघिलो आर्थिक बर्षको चैत्र महिना नदीजन्य पदार्थ निकासी गर्न दिनका लागि गाँउ पालिकाकालाई अग्रह सहितको पत्र पठाईएको भएपनि हाल सम्म ग्राबेल पाउन नसकिएको गुनासो गरे । उनले सडक निर्माणका लागी आवश्यक ग्रावेल नापाउँदा अयोजनामा समयमै सक्नका लागी समस्या हुने बताए । सञ्चालक केसीले निर्माण सामाग्री अभाव रहेको बारे राप्तीसोनारी गाउँ पालिका,हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय नेपालगञ्ज र जिल्ला प्रशासन कार्यालय बाँकेलाई गत आर्थिक बर्षको चत्रै महिनामा जानकारी गराएको बताए ।

राप्ती सोनारी गाउँपालिकाको नारायणपुर धामपुर हुँदै बिनौना जोड्ने सडकका गत आर्थिक बर्ष देखि निर्माण कार्य भईरहेको छ ।
२१ किलोमिटर सडक निर्माणका लागि करिव ७० हजार घन मिटर ग्रावेल आवश्यक पर्ने निर्माण कम्पनीको भनाई छ । २१ किलोमिटर सडक ३ बर्ष भित्र सक्ने गरि २०६७ माघमा एपेक्स कंकाली खड्का कृष्ण जेभिले ठेक्का सम्झौता गरेको थियो ।
हुलाकी सडक आयोजना मात्रै नभएर जिल्लामा सञ्चालीन साना ठुला आयोजनाहरुमा नदीजन्य पदार्थको अभाव रहेको निर्माण व्यवसायीहरुले बताएका छन । सञ्चालक केसीले बिधी सम्वत तरिकाले अबिलम्ब नदी जन्य पदार्थ निकाल्न दिनका आगी आग्रह गरे ।
कोहलपुरका निर्माण व्यवसायी बसन्त न्यौपानेले नदीजन्य पदार्थ नपाउँदा अघिल्लो अर्थिक बर्षमा सक्नु पर्ने कामहरु समेत सम्पन्न गर्न नसकिएको गुनासो गरे । जिल्ला भित्र नदीजन्य पदार्थ उपलब्ध नहुँदा काम गर्न निकै कठिनाई भएको र समयमा काम गर्न नसकिएको उनको भनाई छ । नदीजन्य पदार्थ नपाउँदा जिल्ला भरका आयोजनामा असर परेको उनले बताए । राप्ती सोनारी गाउँपालिका बिभिन्न खोलाबाट नदजिन्य पदार्थ उत्खनन्बाट २० करोड बढि राजस्व उठाउने लक्ष्यसहित ठेक्का सम्झौता भई सकेको छ ।
राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले आफुहरुले ठेक्का सम्झौता गरेको भएपनि प्रशासन कार्यालयले रोकेको जानकारी दिए । उनले सो बारेमा थप बुझ्न जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न आग्रह गरे । सो बारेमा जिल्ला प्रशासन कार्यालय बाँके संग बुझ्ने प्रयास गर्दा फोन सम्पर्क हुने सकेछ ।
बाँकेका प्रहरी प्रमुख ओम बहादुर रानाले गृह मन्त्रालयको परिपत्र अनुसार खोला नाला बाट नदीजन्य पदार्थ निकाल्न रोक लगाईएको जानकारी दिए । रानाले गृहमन्त्रलयको परिपत्र अनुसार जिल्लामा कार्यबिधी बनाएपछि मात्रै नदीजन्य पदार्थ उत्खनन् गर्न दिईने नयाँ कोर्सलाई बताए ।

Nabintech