कोहलपुर / नेपालगन्ज स्थित राँझा विमानस्थलमा हालै निर्माण गरीएको पार्किङस्थलको उद्घाटन गरीएको छ । २८ करोड ५३ लाख लागतमा निर्माण सम्पन्न भएको पार्किङस्थलको मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गरेका छन ।
मंगलबार बिहान नेपालगन्ज आईपुगेका मन्त्री भट्टराईले विमानस्थल हाताभित्र रहेको पार्किङस्थलको उद्घाटन गरेका हुन । उद्घाटन समारोहमा बोल्दै मन्त्री भट्टराईले राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने गरी मास्टर प्लान बनाएर अघि बढिएको बताए ।
विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउन विभिन्न चरणमा काम भ्रईरहेको बताउँदै मन्त्री भट्टराईले भने, ‘त्यसका लागि चार अर्बको लगानी गर्दैछौं ।’
टर्मिनल भवन, रनवे विस्तारदेखि भौतिक पूर्वाधारमा ४ अर्ब लगानी गरीने र विमानस्थल विस्तारकालागि आसपासका जग्गा अधिग्रहण गर्न थप लगानी बढाईने मन्त्री भट्टराईको भनाई थियो ।
मन्त्री भट्टराईले पश्चिम नेपालगञ्ज र पूर्वमा विराटनगर विमानस्थललाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको जानकारी दिए