१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर स्वास्थ्य चौकी १५ शैयाको अस्पतालमा परिणत

बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज अथक र लुम्बिनी प्रदेशकी कृषि, भुमी ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले संयुक्त शिलान्यास गरे



बाँकेको कोहलपुर र खजुरामा १५ शैयाको अस्पताल निर्माण गरीने भएको छ । केन्द्रिय सरकारको निति अनुसार बाँकेका तिन स्थानमा १५ शैयाको अस्पताल निर्माण गर्ने उद्धेश्य अनुसार कोहलपुर र खजुरामा भवन शिलान्यास गरीएको हो । यसअघि आईतबार राप्तिसोनारीको बैजापुरमा रहेको स्वास्थ्य चौकीलाई राप्तीसोनारी अस्पतालका रुपमा स्तरोन्नती गरिएको थियो ।

सोमबार बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज अथक र लुम्बिनी प्रदेशकी कृषि, भुमी ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले संयुक्त रुपमा कोहलपुर अस्पताल भवनको शिलान्यास गरेका छन ।कोहलपुर नगरपालिका वडा नं ११ मा रहेको नगर स्वास्थ्य कार्यालयलाई नै १५ शैयाको अस्पतालमा स्तरोन्नती गर्न लागिएको कोहलपुर नगर स्वास्थ्य प्रमुख डिल्ली पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार केन्द्रिय सरकारको १८ करोड लागतमा नगर स्वास्थ्य कार्यालय परिसरमै कोहलपुर अस्पतालको नयाँ भवन निर्माण गर्न लागिएको हो ।

त्यसैगरी खजुरा(३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर अस्पताल बनाईने भएको छ । खजुरा अस्पतालको बाँके क्षेत्र नं। ३ का सांसद नन्दलाल रोकायले सोमवार एक समारोहका वीच शिलान्यास गरेका छन् ।

संघीय सरकारको १८ करोड ६ लाख रुपैयाँको लागतमा निर्माण हुने खजुरा गाउँपालिका अध्यक्ष किश्मतकुमार कक्षपतिले जानकारी दिए ।

खजुरामा ५० शैयाको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सञ्चालनमा रहेको छ । जुन पश्चिम नेपालकै एक मात्र क्यान्सर अस्पताल हो

Nabintech