६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपा कोहलपुरको कालोबजारी नगर्न चेतावनी


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कोहलपुर नगर कमिटीले विभिन्न खाद्य सामाग्री , खाना पकाउने ग्यास तथा मास्कमा कालो बजारी भएको सुनिन आएको र त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कमिटिले सोमबार प्रेस बिज्ञप्ती जारी गर्दै दैनिक उपभोग्य सामाग्री , खाना पकाउने ग्यास तथा मास्क लगाएतका बस्तुहरुमा कालाबजारी भएको सुनिन आएकोले स्थानिय सरकार र कोहलपुर उधोग व्यापार बजार अनुगमन गरि कालोबजारी रोक्न तथा कालोबजारी गरेको पाइएमा कडा कारवाही गर्न अनुरोध गरेको छ।
कोरोना भाइरसको संका लागेका बिरामीलाई राख्न क्वारेनटाइन र आइसुलेसन को ब्यवस्था गरि सार्वजनिक गर्न स्थानिय सरकार संग नेकपा नगर कमिटि अनुरोध गरेको। साथै पार्टिले कोहलपुर नगर पालिका अन्तर्गत वडा न १ देखि १५ सम्म सम्बन्धि वडाका पार्टीका वडा अध्यक्ष र सचिवले कोरोनाका लक्षण तथा यसबाट बाट बच्न अपनाउनु पर्ने सुरक्षित उपाएका बारेमा वडा क्षेत्रमा माइकिङ्ग गर्न निर्देशन समेत दिएको छ।

Nabintech