२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
चक्र अधिकारीको बाणिज्य महासंघको यात्रा

निर्वाचनमा बाँके बाट ३ जना उम्मेदवार बनेका थिए



कोहलपुर (बाँके)/ कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र अधिकारी नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा अत्याधिक मतले बिजयी भएका छन् । कोहलपुरले उद्योग बाण्ज्यि महाृंघको ईतिहासमा पहिलो पटक नेपाल उद्योग बाणिज्य महासंघमा प्रतिनिधित्व गर्ने शुवर्ण अवसर पाएको छ ।
बाँके जिल्लाबाट पटक पटक महासंघको केन्द्रीय सदस्य बन्ने अवसर पाएको भएपनि कोहलपुरबाट अधिकारीले पहिलो पटक केन्द्रीय सदस्य बन्ने मौका पाएका हुन ।
अधिकारीको उद्योग बाणिज्य सघको यात्रा भने त्यती सहज छैन । अधिकारी २०७१ सालमा समाबेशी प्यानल खडा गरेर कोहलपुरका सम्पुर्ण राजनीतिक दल र व्यवसायीक संगठनले सर्मथन गरेको प्यान बिरुद्ध चुनावमा होमिएका थिए । कोहलपुरमा क्रियासिल सम्पुर्ण राजनीतिक दलले समर्थन गरेको व्यवसायीक प्यानल बिरुद्ध अधिकारी उपाध्यक्षमा चुनाव लडेका थिए । मोहन चापागाई अध्यक्ष पदमा पराजित भएपनि अधिकारी उपाध्यक्ष पदमा अत्याधिक मतले बिजयी भएका थिए ।


उपाध्यक्ष पदमा रहदा कोहलपुर क्षेत्रका व्यवसायीको सुख दुखका साथी बनेका अधिकारी २०७४ पुनः अध्यक्ष पदका प्रत्यासी बने । तत्कालीन अवस्थामा नेपाली काँग्रेस र नेकपा एमाले सर्मथित व्यवसायीहरुको प्यानलबाट अध्यक्ष पदमा उम्मेदवर बनेका उनिले बिष्णु खनाललाई हराउदै अध्यक्ष पदमा भारी मतले बिजयी भएका थिए ।
साना ठुला सबैखाले व्यवसायीका प्रिय बनेका अधिकारी भारी मतका साथ नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य बनेका छन । बिजयी पछि नयाँ कोर्ससंगको कुराकानिमा केन्द्रीय सदस्य अधिकारीले चुनावका क्रममा ७७ जिल्लाका व्यवासयीक साथीहरु सँग अनुभव र समस्याहरु आदान प्रदान गर्ने मौका मिलेको बताए । उनले कोहलपुर र बाँके जिल्लाको उद्योग व्यवासय क्षेत्रलाई माथी उठाउन थप कार्य गर्ने हौसल्ला मिलेको बताए । उनले औद्योगिक शहरका रुपमा बिकास हुदै गरेको बाँकेमा थप औद्याोगिक वातावरण निर्माणका लागि आफुले सहजीकरण गर्ने नयाँ कोर्सलाई बताए । भारतिय सिमा बजरको चपेटामा परेको कोहलपुर र नेपालगंजको व्यवसायलाई माथि लैजान नेतृत्वदायी भुमिका खेल्ने अधिकारीको भनाई छ ।
चुनावी अभियानकै क्रममा दुर्घटनमा परि मेरुदण्डको उपचार गराई रहेका अधिकारीले अस्पतालको बेड बाटै मनोनयन दर्ता गराएका थिए । अधिकारीलाई बिजयी गराउन कोहलुर क्षेत्रका उद्योगी व्यवायीको ठुलो समुह काठमाण्डौ पुगेर प्रचार अभियान सञ्चालन गरेको थियो ।
अधिकारी नेतृत्वको कोहलपुर उद्योग बाणिज्य संघले वहुउदेश्यीय भवन निर्माण,प्रदेश सरकार संगको सहकार्यमा कृषि हाट बजार निर्माण, कोहलुरका उद्योगी व्यवासयीको दुर्घटना बिमा,कोहलपुर क्षेत्रका १७ सामुदायीक बिद्यालयका ३५ जना छात्र छात्रालाई शैक्षिक छात्रबृत्ति बितरण लगायतका उल्लेखनिय काम गरेको कोहलुर उद्योग बाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले नयाँ कोर्सलाई बताए ।
कोहलपुर उद्योग बाण्ज्यि सघका संस्थापक अध्यक्ष कर्ण बहादुर थापाले चक्र अधिकारी निर्वाचनबाट महासंघको प्रवेशले कोहलपुर उद्योग बाणिज्य संघको गैरव वढेको नयाँ कोर्स लाई बताए । २०५५ सालमा कोहलपुर कर्ण बहादुर थापाको अध्यक्षतामा कोहलपुर उद्योग बाणिज्य संघको गठन गरिएको थियो ।
बाँके जिल्लाबाट अधिकारी सहित नन्द लाल बैश्य र रचना श्रेष्ठ पनि नेपाल उद्योग बाण्ज्यि महासघको निर्वाचनमा केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका थिए । बैश्य र श्रेष्ठ दुवै निर्वाचनमा पराजित भएका छन ।
अधिकारी चन्द्र ढकालको प्यानलबाट निर्वाचनमा होमिएका थिए ।

 

Nabintech