१२ माघ २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
महिला हिंसा न्युनिकरणका लागी राज्य गम्भीर बनोस : अधिकारकर्मी


कोहलपुर (बाँके)/ बाँकेका महिला अधिकारकर्मीहरुको टोलीले महिला तथा बालबालिकका बिरुद्ध हुने हिंसा न्युनिकरणका लागी राज्य गम्भीर बन्नु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन ।
मेचि महाकाली बुहारी संयुक्त आवाज बाँकेको अगुवाईमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय बाँके मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।


ज्ञापन पत्रमा महिला तथा बाल बालिका बिरुद्ध हुने घटना न्युनिकरणका लागी राज्य गम्भिर बन्नु पर्ने र दोशीलाई हदै सम्मको कार्यवाही गनु पर्नेमा जोड दिएका थिए । ज्ञापन पत्र बुझाउने कार्यक्रममा मेचि महाकाली बुहारी संयुक्त आवज बाँकेकी संयोजक उर्मिला अधिकारी पाण्डे, प्रदेश लुम्विनी प्रदेश साँसद कृष्णा केसी नमुना, नेपालगंज उपमहानगर पालिककाकी उपप्रमुख उमा थापा मगर , महिला नेतृ शान्ती ढकाल ,रेणुका खड्का , मंञ्जु रोकाय लगायतको महिला अधिकार कर्मीहरुको सहभागिता रहेको थियो ।
ज्ञापन पत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले महिला तथा बालबालिका बिरुद्ध हुने हिंसा रोक्न सरकार सम्बेदनशिल रहेको बताए । उनले ज्ञापन पत्र बिहीवार नै प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता जनाए । उनले बाँके जिल्लामा भएका महिला तथा बालबालिका बिरोधी घटनाका दोसिलाई कार्यवाहीको दायरामा ल्याएको बताए ।

Nabintech