५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सामुदायिक बनको माटो बेचेरै ठेकेदार लखपती

प्रतिकुल मौसम र कोरोना भाइरसको त्रासले निर्माणमा समस्या



राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजनाको पूर्वी नहर निर्माणका लागी कुमार कन्ट्रक्सनबाट जिम्मा पाएका कम्पनीहरुले दैनिक माटो बेचेर लाखौं रुपैया अवैध रकम असुली गरेका छन् ।
कानुन अनुसार राष्ट्रिय बन क्षेत्रको माटो बेच्न नपाइने प्रावधान भएपनि नहर खन्ने जिम्मा पाएका कम्पनीहरुले प्रति ट्रिपर २ हजार देखि ५ हजार सम्म रकम असुली गरिरहेको जन गुनासो आएको हो । श्रोतका अनुसार स्थानीय जन प्रतिनिधि, सिक्टा सब डिभिजन बन कार्यालय बैसा र सामुदायिक बन उपभोक्ता समितिको मिलेमत्तोमा दैनिक लाखौं रुपैयाको माटो ठेकेदारहरुले बेचिरहेका हुन । अवैध माटो बिक्रि गर्नेमा सेडी साई कम्पनीका उद्यप थपलिया अगाडी रहेका छन् । उनले दैनिक ३० देखि ७० ट्रिपर सम्म अवैध रुपमा माटो बेचिरहेका छन ।
यस बिषयमा पत्रकारले जिज्ञासा राख्दा ठेकेदार थपलियाले ठाडो जवाफ फर्काएका छन् । उनले पत्रकार संगको कुराकानीमा सामाजिक काम पनि आफुले थुप्रै गरेको उदाहारण दिदै माटो बेच्न नपाउने हो भने यहाँको विकास निर्माणमा बाधा पुग्ने बताउँदै माटो बेच्न बाट रोक्न कसैले नसक्ने बताए । पत्रकारलाई न्युज लेख्न सिकाँउदै थपलियाले माटो बेचेर केहि रकम लिनु भनेर गाउपालिकाले लिखित अनुमति दिएको जिकिर गरे । पत्रकार संगको कुराकानी पछि चर्को शुल्कमा माटोको दलाल कामलाई झनै तिब्र पारेका छन् । स्थानीय उपभोक्ताले भने आफ्नो सामुदायिक बन क्षेत्र भित्रको माटो निशुल्क रुपमा पाउनु पर्ने माग राखेका छन् । उनले राप्ती सोनारी ३ र ४ मा पर्ने वागेश्वरी सामुदायिक बन र सिक सामुदायिक बन क्षेत्र बाट थपलियाले अवैध रुपमा माटो बेचेर मोटो रकम हात पारेका हुन । कुमार बाट जिम्मा पाएको ७ वटा कम्पनीका ठेकेदारहरुले थपलिया जस्तै दैनिक रुपमा माटो बेचिरहेका हुन ।
५३.५ किलोमिटर पूर्वी नहरको निर्माण कार्य २८ महिनाभित्र सम्पन्न भइसक्नुपर्ने सम्झौतामा उल्लेख भए पनि काम नसकिएपछि आगामी मंसिर सम्मको लागी म्याद थप गरिएको छ ।
कालिका कन्स्ट्रक्सन र कुमार जेभीले दुई अर्ब ६३ करोड रुपैयाँमा ठेक्का लिएर काम गरिरहेको सिक्टा सिँचाईको पुर्वी आयोजनामा अहिले सम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको आयोजना प्रमुख राकेश झाँले जानकारी दिए । काम तित्र्र गतिमा अगाडी बढेकोले समयमा निर्माण कार्य सम्पन्न हुने प्रमुख झाले जिकिर गरे । यस बर्ष समय समयमा भइरहने बर्षा र विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरसले निर्माणमा निकै समस्या उत्पन्न गरेको उल्लेख समेत प्रमुख झाले गरे ।
पूर्वी नहर राजकुलो र फत्तेपुर सिँचाईमा जोडिने भएको छ । यसबाट राप्तीनदी पूर्वका राप्तीसोनारी गाउँपालिकाको ९ हजार हेक्टर खेतियोग्य जमिनमा सिँचाई सुविधा पु¥याउने लक्ष्य राखिएको छ ।
सिक्टा सिँचाई आयोजनाले मूलनहर निर्माणस्थलमा वनजङ्गल भएको लगायतका कारणले सुरुवातमा ढिलाई भए पनि अब भने कामले तीव्रता पाउने आयोजनाको दावी छ ।
हाल अगैया नजिकै मूलनहर निर्माणको कार्य अघि बढाइएको छ । १४.७ क्युमेक क्षमताको पूर्वी मूलनहर अन्तर्गत ९ वटा शाखा नहर रहेकोमा हाल राजकुलो र फत्तेपुरको मात्रै निर्माण सुरु भएको छ ।

Nabintech