२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपाको बिकल्प शक्तिको जन्म भएको छैन: नेता अथक


कोहलपुर (बाँके)/नेकपाका केन्द्रीय सदस्य एंव बाँके क्षेत्र नं १ का साँसद महेश्वर गहतराज अथकले नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिकल्प शक्ति नेपालमा नरहेको बताएका छन । नेकपा डुडुवा गाँउपालिकामा अयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रबेश कार्यक्रममा अथकले सो कुरा बताएका हुन ।
देशको विकासका लागि नेकपा अनिवार्य शक्ति भएको अथकले दाबी गरे । नेकपा भित्र केही राजनीति बहसहरु भई रहेको बताउँदै बहसले पार्टीलाई थप एकताबद्ध गर्ने दाबी गरे । जनताको चहाना अनुसार काम गर्ने गरि नेकपा थप एकताबद्ध हुने दाबि अथकले गरे ।


कार्यक्रममा केन्द्रीय सदस्यहरु मोहम्मद हारुन, सिराज फारुकी, हज कमिटीका पुर्व अध्यक्ष ताज मिया, लुम्बिनी प्रदेशका भूमी ब्यवस्था,कृषि, सहकारी मन्त्री आरती पौडेल नेकपा बाँकेका सचिव अशोक कोइराला, नेताहरु निरक गुरुङ, लगायतले एकतावद्ध नेकपा नै जनताको चाहना भएको बताए ।
नेताहरुले डुडुवा गाउँपालिकामा पार्टी सम्वद्ध नेता कार्यकर्तामाथी विभिन्न नियतका साथ दुःख दिने काम भईरहेको भन्दै त्यसलाई तत्काल रोक्न आग्रह गरे । डुडुवा गाउँपालिकाले विकास निर्माणका लागि पहलकदमी नदिएको भन्दै संघ र प्रदेश हुँदै गाउँपालिकामा पनि नेकपाको जित भएमात्र डुडुवाको विकासले गति लिने बताए । संघ र प्रदेशबाट पठाइएका योजनाको कार्यान्वयन समेत सन्तोषजनक नभएको नेताहरुको भनाई छ । नेताहरुले मधेसी र मुस्लिम समुदायको हकहितका लागि नेकपाको विकल्प अरु हुनै नसक्ने दावी गरे ।

नेकपा डुडुवा गाउँपालिका कमिटीका अध्यक्ष शकील अहमद खानको अध्यक्षतामा भएको कार्यक्रममा जसपा, राप्रपा र नेपाली काँग्रेस परित्याग गरि ४सय ५० जना नेकपामा प्रवेश गरेका छन् । विनय त्रिपाठी, कयुम खाँ, सफिउल्ला बागवान, गरिबे खान, अनबर खाँ लगायत विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेको गाउँपालिका कमिटीका अध्यक्ष खानले जानकारी दिनुभयो ।

Nabintech