१५ मंसिर २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रदेशको अधिकार क्षेत्रको विषयमा पद साट्ने भन्ने कुरै हुँदैन-विष्णु पौडेल


बुटवल/अर्थमन्त्री विष्णु पौडेलले लुम्बिनी प्रदेशको राजधानीसँग मन्त्री पद साटेको भन्ने आरोपको खण्डन गरेका छन् ।

अर्थमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला रुपन्देही पुगेका मन्त्री पौडेललाई नेपाली कांग्रेसले कालोझण्डा देखाएको भन्दै नेकपा रुपन्देहीले आपत्ति जनाएको छ ।

नेकपा रुपन्देहीका प्रवक्ता मोहन चापागाईंले बुधबार एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउने अधिकार प्राप्ति र संरक्षणको लडाइँ सँगसँंगै लडेको स्मरण गराउँदै जिल्लाका विकास आयोजनाहरूको उदघाटन, शिलान्यास र अनुगमनको सिलसिलामा रहेका अर्थमन्त्रीको विरोध गरेको भन्दै आपत्ति जनाएका हुन् ।

मन्त्री पौडेललाई कांग्रेस रुपन्देहीले प्रदेश राजधानीसँग मन्त्री पद साटेको आरोप लगाउँदै कालोझन्डा देखाएको थियो ।

नेपाली कांग्रेसका कार्यकर्ताले प्रदेशको राजधानी साटेको भन्दै कालो झण्डा देखाएका थिए । सोही विषयमा मन्त्री पौडेलले प्रदेशको अधिकार क्षेत्रको विषयमा पद साट्ने भन्ने कुरै नहुने बताएका हुन् ।

बुधबार रुपन्देहीको सैनामैनास्थित पर्रोहा माध्यमिक विद्यालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री पौडेलले राजनीतिमा उतारचढाव हुँदा अस्थिरता उत्पन्न हुने चिन्ता नागरिकमा हुनु स्वभाविक रहेको बताएका छन् ।

‘प्रदेशको अधिकार क्षेत्रको विषयमा पद साट्ने भन्ने कुरै हुँदैन । राजधानी नहुँदैमा बुटवल पछि पर्दैन’, उनले भने, ‘विकासमा यो या त्यो राजनीतिक दल भन्ने हुँदैन सबै एकैसाथ मिलेर काम गर्नुपर्छ ।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका मन्त्री पौडेलले केपी शर्मा अ‍ोली नेतृत्वको सरकार पाँच वर्ष सञ्चालन हुने बताएका छन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकारले पाँच वर्ष सरकार सञ्चालन गर्छ । अस्थिरता हुन्छ कि भन्ने आशंका गर्न जरुरी छैन । विश्वस्त रहनुस ५ वर्ष सरकारले काम गर्छ’, उनले भने ।

यता नेपाली कांग्रेसले कालोझण्डा देखाएको भन्दै नेकपा रुपन्देहीले आपत्ति जनाएको छ । नेकपा रुपन्देहीका प्रवक्ता मोहन चापागाईंले बुधबार एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउने अधिकार प्राप्ति र संरक्षणको लडाइँ सँगसँंगै लडेको स्मरण गराउँदै जिल्लाका विकास आयोजनाहरूको उदघाटन, शिलान्यास र अनुगमनको सिलसिलामा रहेका अर्थमन्त्रीको विरोध गरेको भन्दै आपत्ति जनाएका हुन् ।

मन्त्री पौडेललाई कांग्रेस रुपन्देहीले प्रदेश राजधानीसँग मन्त्री पद साटेको आरोप लगाउँदै कालोझन्डा देखाएको थियो ।

Nabintech