२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
हुलाकी राजमार्गको ५७ प्रतिशत निर्माण सम्पन्न


हुलाकी राजमार्ग विस्तारको काम हालसम्ममा ५७ प्रतिशत सम्पन्न भएको छ । निर्माण सम्पन्न भएका क्षेत्रमा यो सडक खण्डमा सवारीसाधनसमेत सञ्चालनमा आउन थालेका छन् । सडक विभागका अनुसार सो सडक खण्डको भौतिक प्रगति गत आवको अन्त्यसम्म ५५ प्रतिशत थियो । सरकारले १५ औं पञ्चवर्षीय योजनाअन्र्तगत आर्थिक वर्ष २०७९(८०मा सम्पन्न गर्ने लक्ष्य लिए पनि कोभिड–१९ र यस वर्षको वर्षाका कारण निर्माण सम्पन्न हुने समय पछि धकेलिएको छ ।
सरकारले हुलाकी राजमार्गलाई स्तरोन्नति गरी पूवपश्चिम जोड्ने वैकिल्पक राजमार्गको रूपमा निर्माण गर्ने लक्ष्यसहित ९ वर्ष अगाडि यो आयोजना सुरु गरेको थियो । हुलाकी राजमार्गलाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा पनि समावेश गरेको छ । यो सडक खण्डमा निर्माण सम्पन्न भएर पूर्वमा झापा, मोरङ, हुँदै सुदूरपश्चिममा धनगढी, नेपालगञ्जका केही सडक खण्डमा समेत सवारी सञ्चालनमा आएको सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले बताए । उनले भने, “आयोजनाको काम हुँदै छ, केही सडक खण्डमा सवारी समेत सञ्चालनमा आएका छन् । विगतमा आयोजनाले गति लिन नसके पनि पछिल्लो समयमा भने गति लिएको छ ।”
आर्थिक वर्ष २०७२(७३ मा हुलाकी राजमार्ग निर्देशनालय स्थानपना गरिएको थियो । आयोजनाको प्रारम्भिक अनुमानित लागत ४७ अर्ब २४ करोड रुपैयाँ थियो भने हाल संशोधित लागत ६५ अर्ब २० करोड पुगेको छ । तराई मधेसका २० जिल्ला भएर निर्माण हुने यो सडक खण्डमा तोकिएको समयमा निर्माण सम्पन्न गर्न हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत ६ वटा योजना कार्यालयहरू छन् । आयोजनाको यो अवधिमा ३४ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।
हुलाकी राजमार्गको कुल लम्बाई १ हजार ८५४ किमि र मुख्य सडक ९४५ किमि छ भने २१९ वटा पुल बन्नेछन् । ९५ वटा पुल निर्माण गर्न अझै बाँकी नै छ । आयोजनामा पुल निर्माणको काम अगाडि बढिरेहको जनाइएको छ ।

Nabintech