१२ मंसिर २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर १२ मा आधारभुत स्वास्थ्य केन्द्रले काम थाल्यो


कोहलपुर/कोहलपुर वडा नं १२ मा  आधारभुत स्वास्थ्य सेवाको शुभारम्भ भएको छ । आइतबार एक कार्यक्रमका बिच कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले आधारभुत स्वास्थ्य केन्द्रको शुभारम्भ गर्नु भएको थियो । केन्द्रमा दुई जना स्वास्थ्यकर्मी, र एक जना कार्यालय सहयोगी रहने छन । यस केन्द्रमा सामान्य खालका उपचार र नेपाल सरकारले प्रदान गर्दै आएक औषधीहरु बितरण समेत गरिने कोहलपुर नगरपालिकाका मेयर रावतले बताउनु भयो । अब केहि दिनमा नै कोहलपुर का सबै वडाहरुमा आधारभुत स्वास्थ्य केन्द्रहरु बिस्तार भईसक्ने र ति कार्यलयहरु केहि महिना भित्र नै आ आफ्नो भबनमा पनि सार्नकालागि कामहरु भैरहेको समेत जानकारी दिनु भयो ।
कोहलपुर नगरपालिकाका १५ वटा वडा मध्ये १३ वटा वडामा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना भैसकेको र अब १ र १० वडा मात्रबाकी रहेको कोहलपुर नगर स्वास्थ्य प्रमुख डिल्ली पोखरेलले जानकारी दिनु भयो । वडा नंं १ को सबै तयारी भैसकेको र १० केहि समय लाग्ने पनि उहाँले जानकारी दिुन भयो ।
कार्याक्रममा वडा नं १२ का अध्यक्ष नैन शाही, स्वास्थ्यकर्मी, कार्यपालिका सदस्य , नेकपाका नेता सुर्य ढकाल र स्थानियहरुको उपस्थिती रहेको थियो ।

Nabintech