२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेमा बिश्व मत्स्य दिवस मनाईयो


कोहलपुर/ बिश्व मत्स्य दिवसका अवसरमा बाँकेमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

मत्स्य बिकास केन्द्र राप्ती सोनारी ८ समशेरगंजमा सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको हो ।

खाद्य पोषण र आर्थिक समृृद्धिका लागी मत्स्य प्रबद्र्धन  एंव संरक्षण गरौ भन्ने मुला नाराका साथ आयोजिक कार्यक्रमा माछा सेवन स्वाथ्यका लागी पनि फाईदा जनक भएकोमा जोड दिईएको थियो ।

       मात्स्य दिवसकै अवसरमा राप्ती नदिमा २० हजार माछाका भुरा समेत छोडिएको छ

मत्स्य बिकास केन्द्रका बरिष्ठ मत्स्य बिकास अधिकृत श्रवण कुमार चौधरीले कम लगानीमा बढि फाईदा लिने व्यवसाय मत्स्य पालन भएकोमा जोड दिए । उनले बाँके बर्दिया लगातका क्षेत्र माछा पालनका लागी उत्कृष्ट भएकोमा पनि जोड दिए ।

कार्यक्रममा राप्ती सोनारी गाउँपालिका वडा नं ८ का अध्यक्ष खुम बहादुर बस्नेतले पालिकाले माछा पालक किसानलाई बिभिन्न खाले सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको बताए । कार्यक्रममा बाँके बर्दिया दाँङ जिल्लाका माछा पालक किसान र प्राबिधीकहरुको सहभागिता थियो ।

मात्स्य दिवसकै अवसरमा राप्ती नदिमा २० हजार माछाका भुरा समेत छोडिएको मत्स्य बिकास केन्द्र समशेरगंजले जनाएको छ ।

 

Nabintech