१२ मंसिर २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर नगरपालिका कार्यालय परिसरमै फोहरको थुप्रो

फोहर मैला व्यवस्थापनको महत्वकाक्षी योजन कागजमै सिमत



कोहलपुर (बाँके). कोहलपुर नगरपालिकाले फोहर मैला व्यवस्थापनका लागी महत्वकाक्षी योजना सुरु गर्यो । कोहलपुर नगरपालिका वडा नं ९ मा फोहर मैला प्रशोधन केन्द्र स्थपना गरि फोहर बाट मोहर कमाउने भन्दै एक निजि कम्पनी संगको साझेदारमा कार्यक्रम अगाडी बढायो ।


यस अघि फोहर मैला व्यवस्थापनको काम गर्दै आएका संस्थाहरुलाई पाखा लागउदै सुरु गरेको योजना पछि कोहलपुरका स्थानीय र व्यवसायीले फोहर मैलाको उचित व्यवस्थापन हुने अपेक्ष राखेका थिए । तर त्यस्तो हुन भने सकेन । कोहलपुर नगरपालिका कार्यालय परिसर भित्र फोहरको डङगुर लामो समय सम्म नउठेकोे एक कर्मचारीले नाम नवताउने सर्तमा नयाँ कोर्सलाई जानकारी दिए ।


कोहलपुर नगरपालिका परिसर र कोहलपुरको मुख्य मुख्य चोकमा फोहरको थुप्रो लामो समय सम्म थुप्रीने गरेको एक व्यवसायीले नयाँकोर्सलाई जानकारी दिए ।
उनका अनुसार दैनिक रुपमा उठनु पर्ने फोहर हप्ता दिन सम्म पनि नउठने गरेको उनले बताए । कोहलुर उद्योग बाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले साप्ताहिक रुपमा मात्रै फोहर उठने गरेको गुनासो गरे । उनले नगरपालिका बाट २ करोड अनुदान लगेर पनि निजी कम्पनीले फोहर नउठाउने गरेको गुनासो गरे । उनले बाणिज्य संघले निःशुल्क रुपमा फोहर मैला व्यवस्थापन गर्ने प्रस्ताव लैजादा पनि निजि कम्पनीलाई दिएको गुनासो गरे । उनले फोहर मैला दैनिक रुपमा उठाउनु पर्ने माग गरे ।
कोहलपुर नगरपालिकाले फोहर मैला व्यवस्थापनका लागी कोहलपुर नगरपालिकाले जटायु रिसाईकिलर्स प्राली संग सम्झौता गरेको छ । कोहलपुर नगरपालिकाले फोहर उत्पादकलाई पैसा दिने गरी योजना सुरु गरिएको भएपनि जटायुले पैसा उठाउने गरेको गुनासो पनि व्यवासयीले गरेका छन ।

 

Nabintech