१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत १५७ जना गर्भवतीको उद्धार


काठमाडौं/राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको उद्धार कार्य जारी छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईका अनुसार २०७५ साल पुसदेखि हालसम्म दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी १ सय ५७ जना महिलाको हवाई उद्धार गरिसकिएको छ ।

मन्त्रालय अन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार, लंगिक हिंसा, मानव बेचबिखन, बाल अधिकार र एसिड आक्रमणसँग सम्बन्धित सन्देशमूलक सामग्री सम्झौता अनुसार रेडियो नेपालबाट प्रसारण गरिने छ ।

Nabintech