१० माघ २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
महरा निवासमा श्रद्धाञ्जली र समबेदना दिन आउने नेता कार्यकर्ताको घुईचो


कोहलपुर (बाँके)/ नेकपाका नेता एंव पुर्व सभामुख कृष्ण बहादुर महराकी जिवन संगिनी सिता महराको असामयीक निधमा श्रद्धाञ्जली व्यक्त गर्न आउनेको घुईचो लाग्ने गरेको छ ।
दाङको घोराही उप महानगर पालिकामा रहेको महरा निवासमा दैनिक १ हजार नेता कार्यकर्ता सिता महरा प्रति श्रद्धाञ्जली व्यक्त गर्न तथा परिवारमा समबेदना व्यक्त गर्न आउने गरेको पारीवारीक श्रोतले जनाएको छ ।


नेता कार्यकर्ता तथा अन्य शुभचिन्तकहरुको भिड बढेपछि भेटभाटको समय ५ मिनेट मात्रै तय गरेर फर्कन अनुरोध गर्नुपर्ने अवस्था आएको महरा परिवारले बताएको छ । कोरोना महामरीको समयलाई मध्ये नजर गर्दै भेट घाटको समय छोटो राखिएको परिवारको भनाई छ ।
दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि सिता महरा लाई कार्तिक १३ गते दाङ स्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते हेलिकोप्टरबाट काठमाडौं पुर्याएर नर्भिक हस्पिटलमा थप उपचार गरिएको थियो ।
नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिए पछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै सिताको निधन भएको थियो ।
महरा परिवार शोकमा परेका समयमा खासगरी लुम्वीनी प्रदेश , कर्णली प्रदेशका नेता कार्यक्रर्ता श्रदाञ्जली व्यक्त गर्न निवासमा आउने गरेको नेकपा बाँकेका कार्यलय सदस्य दिपेन्द्र शाह युगान्तले जानकारी दिए । श्रद्धाञ्जली व्यक्त गर्न आफु मुगु बाट समेत महरा निवास दाङ आई पुगेको नेकपा मुगु अध्यक्ष सुर बिर बुढा (सुर्य)ले नयाँकोर्सलाई बताए ।

सीता महराबारे संक्षिप्त चिनारी
सीता महरा वि.सं. २०१८ साउन १३ गते शुक्रबार बुवा मुक्तबहादुर थापा र आमा खिर्मादेवी थापाको कोखबाट रोल्पाको गजुल धौलेगाउँमा पहिलो सन्तानको रुपमा जन्मिनुभएको थियो।
कृष्णबहादुर महरासँगै २०३५ सालमा विवाह भएको थियो। उहाँका दुई छोरा र दुई छोरी रहेका छन्।
उहाँका छोराहरु एटम महरार राहुल महरा छोरीहरु उन्नति महरा र प्रगति महरा चारै सन्तान तत्काली जनयुद्ध बिभिन्न मोर्चाहरुमा सक्रिया सहभागि थिए ।
महरा भूमिगत भएपछि तत्कालीन राज्यले धेरैपटक शारिरीक मानसिक यातना दिनुका साथै केही दिन हिरासतमा पनि लिएको थियो।
२०५४ साउन २९ गते राती रोल्पा मेबाङस्थित घरमै आएर नाबालक छोराछोरीलाई घरमा थुनेर गिरप्तार गर्न थालेपछि उनी प्रहरीको घेरा तोड्न सफल हुनुभएको थियो। त्यसपछि घरभित्र थुनिएका छोराछोरी पनि घरपछाडिको ढोकाबाट भागेर बाँचेका थिए। त्यहीँ दिनदेखि घर छोडेका महरा परिवार नै पूर्णकालीन कार्यकर्ताको रुपमा जनयुद्धमा सहभागी भएका थिए।
सामान्य लेखपढ मात्रै गर्न जानेकी सीता महरा तत्कालीन माओवादीको ठूलो जिम्मेवारीमा नरहे पनि कृष्णबहादुर महरालाई नजिकबाट पारिवारिक तथा पार्टी राजनीतिमा पनि सहयोग गर्नुभएको थियो।
गएको दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।
नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै  निधन भएको अस्पतालले पुष्टि गरेको थियो।
सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थ्यो।

Nabintech