१० माघ २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अभिभावक बिहीन किसोरीलाई संरक्षणकर्ताले नै यौन व्यवसयायमा लगाईन


कोहलपुर (बाँके)/ बैजनाथ ३ का ११ बर्षिय सिमा र १३ बर्षिय सिता (नामपरिर्वतन) अभिभावक बिहीन हुन । नाताले दिदी बहीनी दुबैको वुवा र आमा छैनन् ।
अभिभावक बिहीन दुबै किसोरीलाई संरक्षण गर्दै आएकी महिलाले ललाई फकाई यौन व्यवसायमा लगाएकोे तथ्य फेला परेको छ । उनिहरुको भरण पोषण गर्दै आएकी बैजनाथ ३ की दुर्गा गुरुङले उनिहरुलाई बैजनाथ ३ देखी नजिकको सहर कोहलुरमा ल्याएर यौन ग्राहक संग भेट गराईदिने गरेको प्रहरीको भनाई छ । पिडीत किसोरीहरुको वयानका आधारमा यौन व्यववसायमा लगाउने दुर्गा गुरुङ र कोहलपुर ११ बसपार्कको दंगाली सल्यानी गेष्ट हाउसका सञ्चालक मिना ऐरी र मोती लाल कुमाईलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलुरले जनाएको छ ।
किसोरीहरुको उजुरीको आधारमा उनिहरुलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।
११ र १३ बर्षिय किसोरीलाई दुर्गा गुरुङ १ बर्ष पहिलो जागिर लगाई दिने भन्दै दंगाली सल्यानी गेष्ट हाउमा ल्याएर छोडि दिएकी थिईन । सुरु सुरुमा होटमा अन्य काममा लगाए पछि बिस्तारै यौन व्यवसायमा संलग्न गराएको पिडीत किसोरीहरुले बताएको ईलाका प्रहरी कार्यालय कोहलुर श्रोतले जनाएको छ । गेष्ट हाउसमा आउने ग्रहकसंगै कहिले सोही होटलमा त कहिले बर्दियाको कर्णलाी चिसापानी र कहिले दाङको भालुवाङ संम्म पुगेर रात बिताउन होटल सञ्चालकले बाध्य पर्ने गरेको उनिहरुले बताएका छन । सो वापत होटल सञ्चालकले नै पैसा लिने गरेको उनिहरुको भनाई छ ।
पछिल्लो समय कोहलुर क्षेत्रका होटल तथा खाजघरहरु यौन अखडाका रुपमा सञ्चालन हुदै आएको स्थानीयको भनाई छ । कम्तीमा २ दर्जन बढी होटल तथा साना खाजा घरहरुमा यौन व्यावासय सञ्चालन हुदै आएका छन । खास गरी कोहलपुरको १० बिगाह क्षेत्र , बसवार्क र राजमार्ग क्षेत्रमा रहेका केही होटलहरुमा खुलेआम यौन धन्दा हुने गरेको छ ।

Nabintech