२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
गणतन्त्र धोका हो भन्दै कोहलपुरको सडकमा युवा


कोहलपुर/ गणतन्त्र धोका हो भन्दै कोहलपुरका युवाहरुको एक समुहले सडकमा र्याली निकालेको छ । स्वतन्त्र राष्ट्रवादी अभियानको नाम बाट गणतन्त्र बिरुद्ध नारा लगाएको हो । सो समुहले संघियता धर्म निरेपक्षता बिरुद्ध समेत नारावाजी गरेको थियो ।
२०४७ को संबिधान पुर्न वहाली र राजासहितको हिन्दु राज्यको माग सहित आफुहरु सडकमा आएको अभियन्ता र्अजुन जंग शाहले नयाँकार्स लाई बताए । राष्ट्रवादी अभियानले राजा सहितको हिन्दु राज्यका लागी देश व्यापी प्रर्दशन गरि रहेको शाहले जानकारी दिए ।
र्याली कोहलपुर नगरको परिक्रमा पछि कोहपुर चौराहमा पुगेर कोण सभामा परिणत भएको अर्का अभियन्ता बिजय काफ्लेले जानकारी दिए ।

Nabintech