१८ मंसिर २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
स्वर्गद्धारी साइकिलिङ्ग क्लवद्धारा बिश्व साईकल यात्री शाहलाई कोहलपुरमा स्वागत


कोहलपुर (बाँके)/ स्वर्गद्धारी साइकिलिङ्ग क्लवले शनिवार महाकाली देखी मेची सम्मको साइकल यात्रामा हिडेको  साइकल यात्रीहरुलाई कोहलपुरमा स्वागत गरेको छ । नेपाल साइकल उत्सव  २४ नोबेम्बर सम्म यात्रा गर्ने यात्रीहरुलाई क्लवले विशेष सम्मान सहित कोहलपुरमा स्वागत गरिएको स्वर्गदारी साइकिलिङ्ग क्लवका अध्यक्ष जनक वलीले बताए ।

कोहलपुरमा आयोजित नेपाल साइकल उत्सव कार्यक्रममा बोल्दै विश्व साइकिल यात्री पुस्कर शाहले महाकाली देखी पूर्व सम्मको २४ दिने साइकिलिङ्ग यात्राले आन्तरिक पर्यापर्यटनमा सहयोग मिल्ने बताए ।  कोहलपुरको स्वर्गद्धाराी साइकिलिङ्ग क्लवको उत्साहले देशभरका साइकिलिङ्ग यात्रीहरुलाई जोड्ने काम गरेको र आफ्नो स्वास्थ्यलाई पनि फाइदा पु¥याउने भएकाले पनी यो अभियान सुचारु गरिएको बताएका छन् ।

स्वर्गद्धारी साइकिलिङ्ग कोहलपुरका संरक्षक समेत रहेका केशर बहादुर आले ले २४ दिने यात्रामा हिडेका साइकिलिङ्ग यात्रीहरुलाई शुभकामना दिदै साइकिलिङ्ग यात्रीहरु दिन प्रतिदिन बढेको र साइकिलिङ्ग यात्राले मानिसलाई शरिर स्वस्थ बनाउने कार्यमा थप सहयोग गरेको बताए । आलेकै सक्रियतामा कोहलपुरमा स्वर्गद्धारी साइकिलिङ्ग क्लब गठन गरिएको छ ।

२४ दिनको सूर्यास्त देखी सूर्यादय सम्मको लामो लामो यात्रमा १५ जना साइकिलिङ्ग यात्रीहरु हिडिरहेका छन् । शारिरिक, मानसिक र आन्तरिक पर्यापर्यटनमा वृद्धिमा टेवा पु¥याउने उदेश्यमा लागि परेको स्वर्गद्धारी साइकिलङ्ग क्लव कोहलपुरले यसभन्दा पहिले पनी लामो दुरीको साइकिलिङ्ग यात्रा गरिसकेको क्लवका गंगाराम भण्डारीले नयाँकोर्स लाई बताए ।

Nabintech