१७ फाल्गुन २०७७, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
ठुलोमात्रामा अफिम र पटाका बरामद


नेपालगन्ज/ तिहार नजिकिएसंगै बिष्फोटक पदार्थ पटाकाहरु अबैध रुपमा नेपाल भित्रिन थालेका छन । अबैध नाकाहुदै नेपाल भित्राइएका करिब ५ लाख रकम बराबरको पटाकाहरु जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय जमुनाहाको सक्रियतामा नियन्त्रणमा लिइएको हो । प्रहरीले सिमा नाका बन्द हुदा हुदै पनि अबैध रुपमा भित्रिएका बिष्फोटक पदार्थ लाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।

तिहारमा बिशेष रुपमा प्रयोग हुने पटाकाहरुले बिभिन्न घटनाहरु हुन सक्ने भन्दै प्रहरीले बिशिेष निगरानी राखेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ओम रानाले बताए । पटाका ल्याउने ब्यक्ति बाईक फालेर भागेको प्रहरीले जनाएको छ ।

यस्तै लागु औषध ब्युरोले खजुरा गाउँपालिका ८ रनियापुरबाट १० किलो ४ सय ग्राम अफिम पक्राउ गरेको हो । पक्राउ पर्नेमा जाजरकोट जिल्ला जुनीचाँदी गाउँपालिका वडा नं. १ का तिलकबहादुर शाही रहेको प्रहरीले जनाएको छ ।

Nabintech