२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अधिकारीको सफल अप्रेशन , अस्पताल बाटै महासंघको केन्द्रीय सदस्यमा मनोनयन दर्ता


कोहलपुर/कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष एंव नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य पदका उम्मेदवार चक्र अधिकारीको स्पाईनल कडको सफल अप्रेशन गरिएको छ ।
महासंघको अबिधेशनका क्रममा चुनाव प्रचारका लागी रोल्पाबाट पोखरातर्फ गईरहेको बा १८ च ४३४१ नम्बरको कार दुर्घटना हुँदा अधिकारी घाईते भएका थिए ।
अधिकारीको स्पाईनल कड ५ ठाँउमा भाचिएको र उनको सफल अप्रेशन गरिएको कोहलपुर उद्योग बाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले जानकारी दिए ।
चक्र अधिकारी कोहलपुरबाट नेपाल उद्योग बाणिज्य महासघमा पहिलो पटक उम्मेदवार बनेका हुन । कोहलपुर उद्योग बाणिज्य संघका महासचिव अधिकारीले कोहलपुरले पहिलो पटक महासंघको केन्द्रीय सदस्य पाउन लागेको भन्दै सहयोग गर्न अपिल गरेका छन ।
बाँके जिल्लाबाट पटक पटक महासंघको केन्द्रीय नेतृत्वमा पुगेको भएपनि कोहलपुरले पहिलो पटक उम्मेदवारी दर्ता गराएको हो ।
बरिष्ठ उपाध्यक्ष चण्डी राज ढकाल समुहबाट अस्पतालको बेड बाटै मनोनयन दर्ता गारएको अधिकारीले नयाँकोर्सलाई जानकारी दिए ।

 

Nabintech