१० श्रावण २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बस्ती व्यवस्थापनको मापदण्ड बनाउन स्थानीयको माग


कोहलपुर (बाँके)/ नौवस्ता औद्योगिक क्षेत्रको निर्माण प्रक्रियासंगै बस्ती व्यवस्थापनको काम पनि सँग सगै गर्न स्थानीयले माग गरेका छन ।
स्थानीयले औद्योगिक क्षेत्रद्धारा पिडीत बस्ती बचाउ सघर्ष समिती गठन गरेर मापदण्ड निर्माण गरी बस्ती व्यवस्थापनको काम गर्न माग गरेका हुन ।
सघर्ष समितीका संयोजक शुभाष बिश्वकर्माले औद्योगिक क्षेत्रको काम मात्रै आगाडी बढाउने तर, बस्ती व्यवस्थापन तर्फ राज्यको ध्यान नजादा स्थानीयहरुमा आशंका भएको बताए । उनले २०७२ साल यता बस्ती व्यववस्थापन बारे राज्यले कुनै काम नगरेको दाबी गरे । उनले राज्यले डाटा संकलन र स्थानीयको समेत सहकार्यमा मुआव्जा बितरणको मापदण्ड निर्माण गरेर अगाडी बढे सहज हुने भन्दै अन्यथा आफुहरु बस्ती नछोडने चेतावनी दिए ।
उनले राज्य जर्वजस्त तरीकाले आउन खोजे समस्या हुने भन्दै छिटो भन्दा छिटो स्थानान्तरणको मापदण्ड र स्थानान्तरण हुने स्थान तय गर्नु पर्ने धारण राखे । राज्यले काम गर्न ढिलाई गर्दै जादा हाल अधिकाँस मानिसहरु उक्त स्थान छोडन तयार नरहेको उनको भनाई छ ।
स्थानीय नबिन उपाध्याले राज्यले औद्योगिक क्षेत्रको काम मात्रै अगाडी बढाएको तर बस्ती व्यवस्थापन बारे ध्यान नदिएको बताए । उनले राज्यले काम गर्न ढिलाई गर्दै जादा आफुहरुमा आंसका पैदा भएको भन्दै आफुहरुले बर्षे देखि जोत खन गरेको जमिन त्यतिकै नछोड्ने चेतावनि दिए ।
स्थानीय लक्ष्मी बिष्टले खाली जग्गामा मात्रै औद्योगिक क्षेत्र बनाउनु पर्ने बताईन् । उनले खाली जग्गामा मात्रै औद्योगिक क्षेत्र बनाउन र आवादी रहेको जमिनलाई पुर्ववत तरिकाले जोत भोग गर्न दिन माग गरिन् ।
नौवस्ता औद्योगिक क्षेत्र परियोजना कार्यालयले भने आफुहरुले सार्वजनिक सुचना जारी गरेर लागत संकलनको काम भई रहेको जनाएको छ । कार्यलयका अनुसार लागत संकलन लगतै मापदण्ड निर्माण गरेर बस्ती स्थानान्तरणका काम गरिने कार्यलयको भनाई छ ।

 

Nabintech