११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नागमणी भन्दै १ करोड ८१ लाख ठगी गर्ने पक्राउ


कोहलपुर (बाँके)/ जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमुल्य नागमणी छ भन्दै १ करोड ८१ लाख ठगी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
दाङ्ग जिल्ला घोराही उपनगरपालिका वडा नं ७ का माधव प्रसाद घिमिरेलाई बहुमुल्य पर्ने नागमणी छ भन्दै १ करोड ८१ लाख ठगी गर्ने दैलेख नौमुले गाउँपालिका वडा नं ४ का धन बहादुर रोका,सल्यान कुमाख गाउँपालिका वडा नं ५ का कृष्ण शाह र सल्यान जिल्ला शारदा नगरपालिका वडा नं ९ का डिल्ली बोहरालाई प्रहरी टोलिले नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ बाट ४० लाख नगद सहित नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख ओम बहादुर रानाले बताए ।


जिल्ला प्रहरी कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा बाँके प्रहरी प्रमुख रानाका अनुसार उनिहरुले नागमणी आफुसँग राख्दा व्यापार व्यवसाय राम्रो हुने,घरमा लक्ष्मीको बाँस हुने र घर परिवारमा समृद्धी हुन्छ भन्दै तीन जनाले ठगीको धन्दा चलाउँदै आएका थिए ।
उनिहरुलाई थप अनुसन्धान भैरहेको र मुलुकी फौजदारी कार्यबिधी संहिता २०४७ को दफा २४९ अनुसार ७ वर्ष सम्म कैद र ७० हजार सम्म जरीवाना हुन सक्ने कानुनी व्यवस्था रहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा यो लगाएतका ५ ओटा घटनाहरु सार्वजनिक गरेको छ ।

प्रहरीले कोहलपुर बसपार्कमा रहेको न्यू राप्ती होटलको कोठाबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित ४ जनालाई पक्राउ गरेको छ । २ फिट २ ईन्च लम्वाई भएको रेडपाण्डाको छाला सहित सुर्खेका गणेश नेपाली,लाल बहादुर नेपाली र दैलेखका दिनेश कार्की र उमेश बहादुर थापालाएई पक्राउ गरी अनुसन्धान भैरहेको बाँके प्रहरी प्रमुख रानाले बताए ।
उनले पत्रकार सम्मेलनमा प्रतिबन्धीत नेकपा विप्लव समुहका बाँेके जिल्ला सदस्य भरत वि.क,राम बहादुर तिरुवा र अनेरास्ववियु क्रान्तिकारी बाँकेका अध्यक्ष डिम्बर बहादुर शाही (डिबी शाही)लाई पक्राउ गरेको जानकारी गाराए ।
यसैगरी प्रहरीले तीन किलो लागु औषध अफिम सहित बाँकेको शिव खोलाबाट रुकुम पश्चिमका चन्द्र प््काश वलीलाई नियन्त्रणमा लिएको छ ।
२ ग्राम ब्राउन सुगर सहित रुपैडियाका राकेश कुमार सोनी,जुगेन्द्र सोनी, खजुराका विष्णु थापा क्षेत्री र नेपालगञ्जका सागर थापालाई प्रहरीले नेपालगञ्जबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरी रहेको बाँके प्रहरीले बतायो ।

Nabintech