१० श्रावण २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर क्षेत्रमा जुवाडेहरु सक्रिय


कोहलपुर (बाँके)/ बाँके प्रहरीले नेपालगञ्ज आसपास क्षेत्रका ठुला जुवाडेहरु पक्राउ गरेसंगै कोहलपुर क्षेत्रमा जुवाडेहरुको गतिबीधी बढेको छ । बाँके प्रहरीले नेपालगंज र आसपास क्षेत्रका जुवा अखडामा निगरानी बढाएसंगै जुवाडेहरु कोहलपुर केन्द्रीत भएका हुन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ओम रानाले आफुहरुलाई पछिल्लो समय कोहलपुर क्षेत्रमा जुवाडेहरुको गतिबिधी बढेको सुचना आई रहेको बताएका छन । प्रहरी प्रमुख रानाले जुवाडेहरुको गतिबधी बढेको सुचनाका आधारमा आफुहरु जुवा नियन्त्रण गर्न सक्रिय रुपमा लागि रहेको दाबि गरेका छन । अघिलो बर्ष फक्राउ परेका पटके जुवाडेहरुलाई उच्च निगरानीमा राखेर प्रहरी सक्रिय रुपमा लागी रहेको उनको भनाई छ ।
पटके जुवाडेहरुलाई निगरानीमा राख्ने क्रममा शुक्रवार कोहलपु क्षेत्रमा एक घरमा छापा मारेको भएपनि सुचना लिक भएकाले जुवाडेहरु उम्कलन सफल भएको प्रहरी श्रोतको भनाई छ ।
प्रहरी प्रमुख एसपी रानाले कोहलपुर क्षेत्रमा जुवा नियन्त्रणका लागि प्रहरी सक्रियाता बढेसंगै जुवाडेहरु प्रहरीलाई नै बदनाम गराउने गरी भ्रम छर्न सक्रिय भएको दाबी गरेका छन् ।
श्रोतका अनुसार पछिल्लो समय कोहलपुर र चप्परगौडी क्षेत्रका केही नाम चलेका होटल ,बैजनाथ गाउँपालिकाको नैवस्ता र तिकलपुर क्षेत्र, हवल्दारपुर क्षेत्रमा मोवाईल जुवा हुने गरेको छ । नेपालगंज क्षेत्रमा जुवा खेल्न नपाएपछि उनिहरु कोहलपुर क्षेत्रमा केन्द्रीत भएको प्रहरीको दावी छ ।
मोवाईल जुवा खेलाउनेले नाल बापत एक खेल बाट कम्तीमा एक लाख भन्दा माथी उठाउने गरेको श्रोतको दाबी छ । पछिल्लो समय जुवाकै लतमा कोहलपुर क्षेत्रका केही व्यवसायी आर्थिक रुपमा संकट पुर्ण अवस्थामा पुगेको श्रोतको दाबी छ ।
कोहलपुर क्षेत्रबाट अघिल्लो बर्ष चाडवाडको समयमा कोहलपुर क्षेत्र बाट ३ दर्जन बाढि जुवाडेहरु पक्राउ परेका थिए । ति मध्ये अधिकाँस पटक पटक पक्राउ पर्ने गरेको प्रहरीको रेकर्डमा उल्लेख छ ।

 

 

Nabintech