२५ फाल्गुन २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर बसपार्कबाट रेडपाण्डाको छाला सहित चार जना पक्राउ


कोहलपुर (बाँके)/ बाँके प्रहरीले दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला सहित ४ जनालाई फक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले कोहलपुर ११ बसपार्कको न्यु राप्ती गेष्ट हाउसबाट रेडपाण्डाको छाला सहित ४ जना लाई पक्राउ गरेको बाँके प्रहरी प्रमुख ओम रानाले जानकारी दिए ।
प्रहरीका अनुसार सादा पोशाकमा ग्राहक बनेर गएको प्रहरी टोलिले उनिहरुलाई पक्राउ गरेकोे हो । पक्राउ पर्नेहरुमा ब्राहाताल गाउँपालिका ७ सुर्खेतका लाल बहादुर नेपाली , गणेश नेपाली र चामुडा बिन्द्राशैनी गाउँपालिका वडा नं ५ दैलेख का उमेश थापा र दिनेश कार्की रहेको बाँके प्रहरी श्रोतले जानकारी दिएको छ ।
पक्राउ परेकाहरु बारे थप अनुषन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख रानाले नयाँ कोर्सलाई जानकारी दिए ।

Nabintech