१५ मंसिर २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मल बिक्रेताद्धारा कालोबजारी


कोहलपुर (बाँके)/ साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले बिक्रि बितरण गर्दै आएको एस एस पि रासायनिक मलमा एग्रोभेट व्यवासायीहरुले ब्यापक कालोबजारी गर्ने गरेको पाईएको छ । डि ए पी मलको अभाव भए पछि डिएपी जस्तै काम गर्ने एस एस पी मल साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले बिक्रि गदै आएको छ । सरकारी अनुदान नभएको सो मल प्रति ५० किलोको बोरा कर्पोरेशनले १ हजार १ सय १६ मा बिक्री गर्दै आएको छ ।
कर्पोरेशनले बिक्रि गर्ने सो मल बाँके जिल्लाका सहकारीहरुले १ हजार २ सय ५० देखी १ हजार ३ सय सम्म किसालनलाई बिक्रि गर्दै आएका छन । तर, सोही मल एग्रोभेट व्यवसायीहरुले भने २ हजार देखी २ हजार ५ सय सम्म बिक्रि गर्ने गरेको एक व्यवसायीले बताए ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड नेपालगंज कार्यालय प्रमुख मनोज चौधरीले सो मलमा सरकारी अनुदान नरहेको बताउदै मल बिक्रेताको अनुमती पाएका व्यवसायी र सहकारीहरु सबैलाई एकै मुल्यमा बिक्री गर्ने गरेको नयाँकोर्सलाई जानकारी दिए । उनका अनुसार मल बिक्रेता अनुमती भएका र सहकारी दुवैलाई प्रतिबोरा ५० किलोको १ हजार १ सय १६ रुपैयामा बिक्रि गर्ने गरेको जानकारी दिए । उनले मल व्यवसायीले बढी मुल्लयमा बिक्रि गरेको बारे प्रशासन र स्थानीय सरकारले अनुगमन गर्नु पर्ने बताए ।
कोहलपुर नगरपालिकाकी उप प्रमुख संञ्जु कुमारी थारुले उच्च मुल्य लिएको बारे आजै बजार अनुगमन गरिने जानकारी दिईन । उच्च मुल्य लिएको पाएमा कानुन अनुसार कार्यवाही गरिने नयाकोर्सलाई बताईन् ।

 

Nabintech