५ माघ २०७७, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मन्त्रिमण्डल हेरफेरको तयारीमा कर्णाली प्रदेश सरकार,आजै सपथको तयारी


कोहलपुर (बाँके)/ कर्णाली प्रदेशको मन्त्रिमण्डल हेरफेरको तयारी भएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्न लाग्नुभएको हो ।

स्रोतका अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाउने तयारी छ । चन्द्रबहादुर शाही, करवीर शाही र अमरबहादुर थापालाई नयाँ मन्त्रीका रुपमा जिम्मेवारी दिने तयारी छ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले पनि सरकारबाट बाहिरिने सङ्केत गर्नुभएको छ । उहाँले आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत् ३२ महिने कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।

असोज २५ गते मुख्यमन्त्री शाहीविरुद्व नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएसँगै विवाद बढेको हो ।

पूर्व माओवादी निकट कर्णाली प्रदेशका नेतासमेत रहेका नेकपाका एक केन्द्रीय सदस्यका अनुसार आज बन्ने नयाँ मन्त्रीहरुमा मुगुबाट निर्वाचित चन्द्र बहादुर शाही, जाजरकोटबाट निर्वाचित करबीर शाही र दैलेखबाट निर्वाचित अम्बर बहादुर थापा रहनेछन । मन्त्रिपरिषद पुनर्गठनलगत्तै नयाँ बन्ने मन्त्रीलाई आजै सपथ ग्रहणको तयारी छ ।

Nabintech