१२ माघ २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेमा कोरोना संक्रमणबाट ७० वर्षीय पुरुषको मृत्यु


बाँकेमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। दाङको घोराही उपमहानगरपालिका(४ निवासी ७० वर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा शनिबार विहान ५ बजे मृत्यु भएको हो।

उनलाई कात्तिक ११ गते आइसियूमा भर्ना गरिएको थियो। आशंका लागेर स्वाब परीक्षण गर्दा उनलाई कात्तिक १२ गते बेलुका कोरोना संक्रमण पुष्टि भएको बाँके जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

हालसम्म बाँकेमा जिल्लाबाहिरबाट उपचारका लागि आएका १८ जनाको मृत्यु भइसकेको छ ।बाँके जिल्लामा मात्रै कोरोनाका कारण ३० जनाको मृत्यु भएको छ । यससँगै बाँके जिल्लामा हालसम्म ४८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Nabintech