१७ मंसिर २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
उद्योग वाणिज्य महासंघको निर्वाचनमा बाँकेबाट तिन उम्मेद्वार


कोहलपुर/नेपाल उद्योग वाणिज्य महासंघको हरेक निर्वाचनमा बाँके जिल्ला निर्णायक मानिदै आएको छ ।
नेपालगंज उद्योग बाणिज्य संघले पश्चिमका अन्य उद्योग वाणिज्य संघलाई समेत लिड गर्ने र कोहलपुरमा समेत कोहलपुर उद्योग बाणिज्य संघ रहेकाले बाँके जिल्ला निर्णायक हुने ठानिन्छ । महासघको केन्द्रीय सदस्य समेत भइसकेका संघका पूर्व अध्यक्ष दामोदर आचार्य महासंघको निर्वाचनमा संघको भूमिका निर्णायक र नेतृत्वदायी हुँदै आएको बताउँछन् ।
पश्चिमकै सबैभन्दा ठूलो उद्योग वाणिज्य संघको महत्वलाई देशभरका व्यवसायीले बुझेको उनले स्मरण गरे ।
पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठका अनुसार, केन्द्रीय नेतृत्व वा पदाधिकारीमा निर्वाचन जित्नेले नेपालगन्जलाई बिश्वासमा लिनैपर्ने अवस्था रहँदै आएको छ । महासंघको राजनीतिमा नेपालगन्जको भूमिका सशक्त रहँदै आएको श्रेष्ठले बताए ।
आगामी मंसिर ११ र १२ गते काठमाण्डौंमा तोकिएको महासंघ निर्वाचनसंगै यहाँका उद्योगी, व्यवसायीका नेतालाई चुनावले छोएको छ । यसपटक नेपालगन्ज उद्योग वाणिज्य संघले केन्द्रीय सदस्यमा निर्वतमान अध्यक्ष नन्दलाल बैश्य र प्रदेशबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यमा रचना श्रेष्ठलाई उम्मेदवारीका लागि सिफारिस गरिएको छ । यस्तै कोहलपुर उद्योग बाण्ज्यि संघले अध्यक्ष चक्र अधिकारी लाई नै केन्द्रीय सदस्यको उम्मेदावर बनाउने यस अघिनै निर्णय गरि सकेको छ ।
केन्द्रीय सदस्य अधिकारीले चुनाव प्रचारका क्रममा अधिकाँस जिल्लाका अध्यक्ष संगको भेट सकिसकेको जानकारी दिए । उनले कोहलपुरका तर्फबाट महासघको केन्द्रमा प्रतिनिधीत्वका लागी आफुले गरेको आग्रह लाई अधिकास जिल्लाका अध्यक्षले सकारात्मक रुपमा लिएको बताए ।
यस अघि नेपालगन्जले नै समर्थन गरेका उम्मेदवार नेतृत्वमा पुगेको अवस्था छ । नेपालगन्जकै भवानी राणा महासंघकै केन्द्रीय अध्यक्ष छन्, यो कुराले पनि संघको महत्व पुष्टि हुन्छ ।
महासंघ केन्द्रमा ५० को दशकयात नेपालगन्जबाट कुमुद दुगड, अच्यूत प्रसाई, दामोदर आचार्य, सुनिल शर्मा, कृष्णप्रसाद श्रेष्ठ केन्द्रीय सदस्य भए । पूर्व अध्यक्ष केन्द्रीय सदस्यमा निर्वाचित हुँदै आएको इतिहास छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बिगतमा झैं यसपटकमा पनि संघको निर्वाचनममा आफुहरुको सशक्त भूमिका रहने बताए ।

Nabintech