१७ मंसिर २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मान्छे मार्ने नरभक्षि बाघलाई तत्काल नियन्त्रण गर – नगर प्रमुख क्षेत्री


मधुवन नगरपालिकाका प्रमुख गणेश बहादुर क्षेत्रिले बाघ संरक्षणका नाममा जनता मार्ने काम भई रहेको आारोप लगाएका छन ।

नगर प्रमुख क्षेत्रीले पिडित परिवरलाई भेटगरी ‘मान्छे मार्ने नरभक्षि बाघलाई तत्काल नियन्त्रण गरी खाता क्षेत्रमा मानव वन्य जन्तु द्वन्दको दिगो समाधानका लागि माग गर्ने बताएका हुन ।मधुवन नगरपालिकामा एक साता भित्र पाटेबाघले तिन जनाको ज्यान लिए पछि आक्रोसित नगर प्रमुखले सो आरोप लगाउनु भएको हो ।

एक साताअघि बाघको आक्रमणमा परि सामुदायिक वनमा डालेघाँस काट्न गएकी मधुवन ३ की एक महिलाको ज्यान गएको थियो । यस्तै ३ हप्ता अघि माछा मार्न गएका मधुवन नगरपालिकाकै एक किशोरको पनि बाघको आक्रमणमा परी ज्यान गएको थियो ।

 

Nabintech