कोहलपुर / नेकपा नेता जनार्दन शर्मा ‘प्रभाकर’ र उनकी पत्नी लक्ष्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार बिहान फेसबुकमा स्टाटस राख्दै प्रभाकरले आफूलाई संक्रमण भएको जानकारी दिएका छन् । केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन प्रभाकरले अनुरोध गरेका छन् ।
शनिबार गरिएको परीक्षणमा शर्मा दम्पतीमा कोरोना संक्रमण देखिएको हो । उनमा हल्का ज्वरो आएपछि शंका लागेर स्वाब परीक्षण गरिएको थियो । हाल उनी होम आइसोलेसनमा छन् ।