प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन
Publiée par Rato Pati sur Vendredi 20 mars 2020
सरकारले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको छ ।
सरकारले नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने घोषणा गरेको छ । आगामी चैत ९ गतेदेखि चैत १८ गतेसम्मका लागि अन्तराष्ट्रिय उडान स्थगित गरिएको हो ।
कोरोनाका त्रास फैलिरहेको बेला सतर्कता अपनाउनका लागि यो निर्णय गरिएको प्रधानमन्त्रीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै जानकारी गराए ।
उनले सीमा नाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखि संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरिएको पनि जानकारी दिए । यस सम्बन्धमा छिमेकी देश भारत र चीनसँग आवश्यक समन्वय गरिने पनि प्रधानमन्त्रीले जानकारी दिए ।