५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
‘लक डाउन’ भनेको के हो ?


विश्वमा फैलिरहेको काभिड–१९ ९कोरोना भाइरस० का कारण विश्वका धेरै देशहरु यतिबेला लक डाउन गरिएको अवस्थामा छन । अन्य देशमा नागरिकले लक डाउन भोगिरहेका छन । तर नेपालको सन्दर्भमा अहिलेसम्म लक डाउन नगरिएको अवस्थामा स्थिती सामान्य छ । तर सरकारको पछिल्लो तयारी अनुसार नेपालमा पनि अव लक डाउन गरिने सम्भावना बलियो छ । विश्वका सयौं मुलुकमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध तयारीका रूपमा सरकारले गर्ने एउटा निर्णय हो ‘लकडाउन’ । यसमा आम सर्वसाधारणले धेरै चिन्ता लिन जरुरी छैन । सरकारले संक्रमणवाट जोगिन सर्वसाधारणलाई घरमै बस्न बाध्य पार्ने प्रकृयाका रुपमा यसलाई बुझ्न सकिन्छ । यसको अर्थ ‘लकडाउन’ भएको बेला कर्फ्यु लागेको बेला झैं घरवाट निस्कनै नपाइने हैन । कुनै निश्चित समयको लागी निश्चित ठाँउमा गरिने सार्वजनिक रोक नै लक डाउन हो ।

धार्मिकस्थल र व्यापारीक स्थलहरू सबै बन्द भएका छन् । तर, खाद्यानका बजारहरू भने बन्द नहुने बताइएको छ ।

हामीले अहिले यो भूल्न हुँदैन की चीनले सावधानी नअपनाएको भए यसको संक्रमण विश्वव्यापी रुपमा फैलिने थियो। त्यति मात्र होइन नेपाल चीनको छिमेकी हो। यदि चिनियाँ सतर्कता नहुँदो हो त नेपाल कोरोनाको चपेटामा परिसकेको हुने थियो। त्यसैले लक डाउनलाई सरकारले जोखिम कम गर्न अपनाएको महत्वपुर्ण कदमको रुपमा बुझ्न जरुरी छ । लक डाउनको बेला सरकारले गरेका निर्णयहरुमा ध्यान दिने, घरमै बस्ने, हरेक सुचना नियमित अपडेट रहने गर्नुपर्दछ ।

भारतले घोषण गरेको ‘जनता कर्फ्यु’ पनि ‘लकडाउन’ नै हो । यदि नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भैहाल्यो भने पनि एक ठाउँवाट अर्को ठाउँमा नसरोस् भन्नका लागि ‘लकडाउन’ गर्न लागिएको हो । यस्तो अवस्थामा अत्यावश्यक काम बाहेक अन्यत्र जान पाइदैन । यसको अर्थ यो होइन कि काठमाडौंमा बस्नु पर्छ । कोही पनि स्वस्थ व्यक्तिले आफ्नो गाउँ जान पाउछ । एकछिनलाई मानौ चितवनमा संक्रमित भेटियो । ‘लकडाउन’ भएको अवस्थामा संक्रमित भेटिएको स्थानका व्यक्ति अन्यत्र जान भने पाउदैनन् । यदि सरकारले काठमाडौं उपत्यकालाई ‘लकडाउन’ ग¥यो भने उपत्यकामा रहेका व्यक्तिले अत्यावश्यक काममा अनुमति लिएर मात्रै जान पाउनेछन् ।

लकडाउनको मुख्य उद्देश्य नै भिडभाड कम गर्नु हो । त्यसो त सरकारले यसअघि नै २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरिसकेको छ । सरकारको सोही निर्णय कार्यान्वयन गर्दै पशुपति विकास कोषले २५ जना भन्दा बढी मलामी नआउन आग्रह गरेको छ भने शनिवार बेलुकादेखि पशुपतिमा आरती पनि बन्द हुने भएको छ ।

स्कुल, कलेज, डान्सबार, सिनेमा हल, तत्कालका लागि स्थगित भइसकेका छन् ।सार्वजनिक यतायतमा पनि सुरक्षा अपनाइएको छ । यस्तो अवस्थामा दैनिक खानपानका लागि आवश्यक बस्तुको जोहो गर्नु उत्तम हुन्छ । तर, हाहाकार हुने भयो भन्दै महिनौलाई पुग्ने खाद्यान्ह जोहो गर्नु जरुरी छैन ।

Nabintech