१० माघ २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
किसान रुवाउने डिडिसीको निर्णय–‘एक महिनासम्म एक थोपा दूध किन्दैनौ’


कोहलपुर /नेपाल सरकारको स्वामित्वमा रहेको दूग्ध विकास संस्थान नेपालगन्ज दुग्ध वितरण आयोजनाले मंगलवारदेखि एक महिनासम्म दुध संकलन बन्द गर्ने निर्णय गरेको छ । सबै क्षेत्रमा दूध संकलन बन्द गरेको भन्दै डिडिसीले यहाँ पनि दूध संकलन बन्द गरेको हो । यो निर्णय नेपालगन्ज वितरण केन्द्र एक्लैको होइन । दूध विकास संस्थान केन्द्रकै हो ।

मंगलवारदेखि लागु हुने गरी आगामी मंसिर ४ गतेसम्म दुध संकलन नहुने भन्दै आयोजनाका प्रमुख योगेन्द्र शाहले दुग्ध उत्पादन सहकारीलाई पत्र पठाएका छन् । उक्त पत्र पाएपछि दुग्ध उत्पादक कृषक तनावमा छन् ।

बैजनाथ गाउँपालिकास्थित वनकटुवा दुग्ध उत्पादक कृषक सहकारीका व्यवस्थापक दिपक कार्कीले दुग्ध विकास संस्थानले दुध नलिने भएपछि आफुहरु तनावमा रहेको बताए । एक महिनासम्म दुधको व्यवस्थापन गर्न नसकिने भएकाले दुध त्यसै फाल्नुपर्ने अवस्था आएको कृषकहरु बताउँछन् ।

बाँके लगायत बिभिन्न जिल्लामा कृषकहरुको लाखौ लिटर दुध दुग्ध विकास संस्थानले खरिद गर्दै आएको ती कृषकहरुलाई रुवाउने गरी दुग्ध विकास संस्थानले गरेको निर्णयले कृषकहरुलाई स्तब्ध बनाएको छ ।

Nabintech