३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपाका सबै सांसदको दसैँ भत्ता कोरोना उपचार कोषमा दाखिला गरिने


काठमाण्डौं/सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सबै सांसदको यस दसैँमा पाउने भत्ता कोरोना नियन्त्रण तथा उपचार कोषमा दाखिला गरिने निर्णय भएको छ ।

नेकपाको संघीय प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरूको दसैँ भत्ता कोषमा दाखिला गर्ने निर्णय भएको हो ।

संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रतिनिधिसभाका प्रमुख सचेतक देव गुरुङ, राष्ट्रिय सभाका संसदीय दलका नेता दीनानाथ शर्मा र प्रमुख सचेतक खिमलाल भट्टराईको बैठकले आफ्नो दलका सांसदको बैठकले दसैँ भत्ताबापत पाउने रकम कोभिड नियन्त्रण कोषमा दाखिला गर्ने निर्णय गरेको हो ।

उक्त रकमलाई कोरोना नियन्त्रण कोषमा दाखिला गर्ने निर्णय भएको सुवास नेम्वाङले जानकारी दिए ।

एकमुष्ट रूपमा कोरोना कोषमा खर्च गर्ने गरी दाखिला गर्न संघीय संसद् सचिवालयका महासचिवलाई यसबारेको निर्णय जानकारी गराएको र रकम दाखिला गरिदिन अनुरोध भइसकेको प्रमुख सचेतक भट्टराईले जानकारी दिए ।

Nabintech