११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
काँग्रेस नेता गच्छेदारको सबै सम्पत्ति रोक्का


काठमाडौं । वालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा छानविनमा परेका काँग्रेस नेता एवं पुर्व मन्त्री बिजय कुमार गच्छेदारको सबै सम्पत्ति रोक्का भएको छ ।
सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले काठमाडौं, सुनसरी र मोरङमा रहेको उनको सम्पत्ति रोक्का गरेको जनाएको छ । अन्य मुछिएका व्यक्तिहरुको सम्पत्ति पनि छानविन गरीरहेको जनाईएको छ । उक्त प्रकरणमा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातको यसअघि नै विभागले सम्पूर्ण सम्पत्ति रोक्का गरीसकेको छ ।

ललिता निवास प्रकरणमा पूर्व उपप्रधान तथा तत्कालीन भौतिक निर्माणमन्त्री गच्छदार, पूर्व मन्त्रीद्वय डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी, अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यात, पूर्वमन्त्री एवं सचिव छविराज पन्त, दिनेशहरि अधिकारीसहित ६ विशिष्ट श्रेणीका पदाधिकारीलगायत १७५ जनाविरुद्ध अख्तियारले चलाएको मुद्दा विशेष अदालतमा विचाराधीन छ। ०७६ माघ २२ मा भ्रष्टाचार आरोपमा ११० जनालाई मुद्दा दायर गरिएको थियो भने ६५ जनाविरुद्ध सरकारी जग्गा जफत गर्ने प्रयोजनका प्रतिवादी बनाएर मुद्दा चलाइएको छ।

बालुवाटारको १३६ रोपनी सरकारी जग्गा व्यक्तिको नाम दर्ता गराएको आरोपमा मुद्दा चलाइएको हो।

Nabintech