३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
फ्रोजन खाद्य पदार्थबाट कोरोना संक्रमणको  खतरा


एजेन्सी । विश्वब्यापी महामारी बनेको कोरोना भाइरस कसरी सर्छ भन्ने बारेमा सबैखाले जानकारीहरु हामी सबैले पाइसकेकै छौं । यसबारे जोगिने उपाहरु बारे पनि सचेत छौं ।

तर भाइरस सर्ने वा फैलने अन्य विभिन्न कारणहरु एकपछि अर्को गर्दै उजागर हुने क्रम रोकिएको छैन ।

त्यही क्रममा प्याक गरी फ्रिजमा राखिएका खाद्य पदार्थहरुको सम्पर्कमा आउँदा कोरोना संक्रमण हुन सक्ने तथ्य फेला परेको छ ।

चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ९सिडिसी० ले यस्तो तथ्य फेला पारेको बताएको छ ।

फ्रोजन खाद्य पदार्थको विक्रिवितरण गर्ने विभिन्न ब्यापारिक संस्थाहरुमा कार्यरत केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको थियो ।

परीक्षणबाट फ्रोजन खाद्य पदार्थहरुमा पनि जीवित कोरोना भाइरसको उपस्थिति देखियो । यही कारण देखाउँदै चीनले गत सेप्टेम्बर महिनामा विभिन्न १९ मुलुकबाट आयत गरिएका ५६ कंपनीका खाद्य पदार्थहरुमा प्रतिबन्ध लगाएको छ ।

प्याक गरी फ्रिजमा राखिएका खाद्य पदार्थहरुमा कोरोना भाइरस भेटिएको सिडिसीले जनाएको छ । चीनको क्विंगदाओ शहरमा यस्तो तथ्य फेला परेपछि सिडिसीले कोरोना फैलिन सक्ने सबै सम्भावित स्थानहरुमा परीक्षणको काम सुरु गर्न पनि निर्देशन दिएको छ ।

अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाए अनुसार विदेशबाट आयात गरिएका फ्रोजन खाद्य बस्तुमा कोरोना भाइरस फेला परेको र संक्रमण फैलाउन सक्ने जोखिम रहेको भन्दै चीनको सरकारी निकायले सार्वजनिक रुपमा स्विकार गरेको यो पहिलो घटना हो ।

सिडिसीका अनुसार यस्ता फ्रोजन खाद्य पदार्थमा भेटिएका कोरोना भाइरस लामो समयसम्म जीवित रहन सक्छ ।

विज्ञहरुका अनुसार कम तापक्रममा कोरोना भाइरस मात्रै हैन, अन्य विभिन्न प्रकारका भाइरस र ब्याक्टेरियाहरु लामो समयसम्म जीवित रहन सक्छन ।

जस अनुसार अन्य सतहमा रहेका कोरोना भाइरसभन्दा फ्रिजमा रहेका कोरोना भाइरस अधिक खतरनाक हुन्छ ।

Nabintech