११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रहरीका असई मृत फेला,तस्करसंगको भिडन्तमा मारिएको आशंका


धनगढी/ कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक९असई० मृत फेला परेका छन् ।

हिजो रातिदेखि बेपत्ता भएका असई गोविन्द बिकको शव आज बिहान सीमा नाकामा मोहना नदीमा फेला परको हो । उनीसंगै गस्तीमा गएका प्रहरी जवान राम बहादुर सांउद भने फेला परेका छैनन ।

उनिहरु दुवै जना शनिवार राति गस्तीमा निस्किएको र त्यसपछि सम्पर्क बिहिन भएको प्रहरी स्रोतले जनाएको छ । असईको लाश मोहना नदीमा फेला परेको छ । प्रहरीले तस्करहरुसंगको भीडन्तमा उनीहरु मारिएको हुनसक्ने आशंका गरेको छ ।

सुदुरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महाननिरिक्षक उत्तम सुवेदी सहितको प्रहरीको टोली यतिबेला घट्नास्थल पुगेको छ ।

Nabintech