१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बैजनाथ गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास


कोहलपुर (बाँके)/ बाँकेको बैजनाथ गाउँपालिकाले आफ्नो प्रशासनिक भवन शिलान्यास गरेको छ । बैजनाथ गाउँपालिका वडा न ५ स्थित रामपुरमा उक्त प्रशासनिक भवनको शिलन्यास गरिएको हो ।

सिलन्यास कार्यत्रलममा लुम्बिनी प्रदेश सांसद आइपी खरेल संविधान सभा सदस्य दल बहादुर सुनार गाउँपालिका अध्यक्ष मान बहादुर रुचालन ठकुरीले सामुयिक रुपमा भवनको शिलान्यास गरेका हुन् ।

सिलन्यास कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष प्रमुख प्रशासकिय अधिकृत वडा अध्यक्ष कार्यपालिका सदस्य कर्मचारी स्थानीय ,समाजसेवि लगाएतको सहभागिता रहेको थियो । प्रशासकिय भवनको सझौता एम।के विल्डरर्स एण्ड कन्र्टक्सन कम्पनी संग गाउँपालिकाले आर्थिक बर्ष २०७७।४।३१ मा सझौता गरिएको प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले जानकारी दिए । २०७८ अषार मसान्त सम्म ठेक्का कम्पनी एम के विल्डरर्स एण्ड कन्ट्रक्सन गाउँपालिकालाई हस्तान्तरण गर्ने छ प्रमुख प्रशासकिय अधिकृत ऐडीले भने ।

सझौता अनुसार बैजनाथ गाउँपालिका कार्यालयको प्रशासकिय भवनका लागि बोलपत्र आहव संझौता रकम कुल अक्षेरुपी चार करोड सन्तानब्य लाख उन्नाईस हजार सात सय आठ रुपैया रहेको छ भने कूल लागतको ६० प्रतिशत जिल्ला समन्वय समिति बाँकले व्यहोने छ भने बाँकी हुन आउने ४० प्रतिशत रकम गाउँपालिकाले हुने बैजनाथ गाउँपालिका सूचना अधिकारी तप्त राज आचार्यले जानकारी गराए । संझौता अनुसार निमार्ण कम्पनीले समय अगावै आयोजना सम्पन्न गरे पुरुस्कारको समेत व्यवस्था ऐनमा नै उल्लेख छ योजना अधिकृत डोटी नेपालीले भने हेरौ अब प्राविधिक रुपमा हाम्रा सबै कर्मचारीले अनुगमन र गुणस्तर मापन गरिरहने छ उनले भने ।

Nabintech