१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अमेरिकाले चिनिया सांस्कृतिक केन्द्रहरूमा रोक लगाउँदै 


काठमाडौ /अमेरिकाले चिनियाँ दार्शनिक ‘कन्फ्युसियस’को विचारबारे जानकारी दिने प्रतिष्ठानलाई बन्द गराउन खोजेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिकी विश्वविद्यालयको घेरामा सञ्चालिन चिनियाँ सांस्कृतिक केन्द्रहरू यो वर्षदेखि बन्द हुने बताएका छन ।

चीनले कन्फ्युसियस प्रतिष्ठानको कार्यक्रमको बचाउ गरेको छ । चीनको विदेशमन्त्रालयले अमेरिकामा आधारित विश्वविद्यालयहरूमा स्वयम सेवा कार्यक्रमको रूपमा कनफ्युसियस प्रतिष्ठान सञ्चालनमा रहेको जनाएको छ ।

यो कार्यक्रम दुई देशबीचको आपसी सम्मानको सिद्धान्तका आधारमा सञ्चालन भइआएको छ । यो कार्यक्रमलाई अमेरिकी विश्वविद्यालय र अमेरिकी जनताबीचमा व्यापकरूपमा स्वागत गरिआएको छ ।

अमेरिकाले यो प्रतिष्ठानलाई बदनाम गराउन यसको सामान्य सञ्चालन विधिमा हस्तक्षेप गर्न खोजेको चीनको आरोप छ ।
पोम्पेओले यो प्रतिष्ठानको माध्यमबाट अमेरिकामा चिनियाँ कम्युनिस्ट पार्टीको प्रचार गरेको आरोप लगाएका छन ।

तर ईशा पूर्व ५५१–४७९को समयमा चर्चित कन्फ्युसियस विचारधारा चीनमा लोकप्रिय विचार मध्येको एक हो । चिनियाँ कम्युनिस्ट पार्टीले सामन्तवादी विचार भनेर आलोचना गरेको अवस्थामा अमेरिकामा यो प्रतिष्ठानलाई बन्द गराउन खोजेको आरोप गलत रहेको कतिपयको बुझाइ रहेको छ

Nabintech