१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेपालगन्जका दुुई  संक्रमितको मृत्यु


फाइल तस्वीर
कोहलपुर/ पछिल्लो समयमा बाँकेमा कोरोना संक्रमणको दर दिब्र गतिले बढिरहेको छ । संक्रमणको दर बढेसङ्गै मृत्यु हुनेको संख्या पनि बढेको छ ।

शुक्रबार राती नेपालगन्जका दुई कोरोना संक्रमितको एकैदिन मृत्यु भएको छ । नेपालगन्ज १९ कारकादोका १८ बर्षिया एक युवती र नेपालगन्ज १० भृकुटीनगरका ६१ बर्षिय एक पुरुषको उपचारकै क्रममा शुक्रबार राती मृत्यु भएको हो ।

शुक्रवार राती उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा नेपालगन्ज १९ कारकादोका १८ बर्षिया ती युवतीको मृत्यु भएको र भेरी अस्पतालमा नेपालगन्ज १० भृकुटीनगरका ६१ बर्षिय पुरुषको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज १९ कारकादोका १८ बर्षिया कोरोना संक्रमित ती युवतीको शुक्रवार राती ९स्३० बजे मेडिकल कलेज कोहलपुरमा र नेपालगन्ज १० भृकुटीनगरका ६१ बर्षिय पुरुषको शुक्रबार राती ९ बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।

मृतक युवतीलाई कोभिड(१९ को शंका लागि असोज २८ गते स्वाब संकलन गरी परिक्षण गर्न दिएकोमा २९ गते आएको नतिजामा उनलाई कोरोना देखिएको थियो । कोरोना पुष्टि भएसङ्गै उनी असोज २९ गते राती १० बजे अस्पतालको कोभिड १९ आइसोलेसन वार्डमा भर्ना गरी उपचार शुरु गरिएको र उपचारकै क्रममा शुक्रवार राती उनको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रबाट जारी गरिएको प्रेस नोटमा जनाइएको छ ।

त्यसैगरी, नेपालगन्ज १० भृकुटीनगरका ६१ बर्षिय पुरुषले कोभिड(१९ को आशंकामा असोज २४ गते स्वाब दिएका थिए । २५ गतेको पीसीआर जाँचको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएसङ्गै उनी असोज २४ गते दिउँसो भेरी अस्पतालको कोभिड १९ आइसोलेसन वार्डमा भर्ना गरी उपचार शुरु गरिएको र उपचारकै क्रममा शुक्रवार राती उनको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रबाट जारी गरिएको प्रेस नोटमा जनाइएको छ ।

दुबैलाई उपचारको क्रममा एन्टिबायोटिक्स, रेम्डेसिभर, भेन्टिलेटर, प्लाज्मा थेरापी लगायत सबै प्रकारको अन्य सपोर्टिभ उपचार गर्दागर्दै शुक्रवार राती उनिहरुको मृत्यु भएको अस्पतालले पुष्टि गरेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यो सङ्गै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २९ पुगेको छ । मृतकहरुको शव व्यवस्थापनका लागि सम्बन्धितले समन्वय र गरिरहेको जनाइएको छ ।

Nabintech