१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सरकारी दररेट घोषणामा मात्रै सिमित,किसान मर्कामा

सरकारले तोके भन्दा सस्तोमा धान बेच्न बाध्य बाँके बर्दियाका किसान



कोहलपुर (बाँके)/ सरकारले धानको मुल्य तोकेको छ । तर, बाँके बर्दियाका किसान भने सरकारले तोके भन्दा निकै सस्तोमा धान बेच्न बाध्य भएका छन ।
सहकारी संघ लुम्विनी प्रदेशका अध्यक्ष प्रेम सुबेदीका अनुसार सरकारले मोटा धानको मुल्य २ हजार ७ सय ३५ र मध्यम धानको मुल्य २ हजार ८ सय ८५ तोकेको छ ।
बाँके बैजनाथ गाउँपालिका ४ का किसान आकासी सञ्जेलले आफुले २ हजार प्रति कुञ्टलका दरमा मोटा धान बेच्न बाध्य भएको बताए । उनले व्यापारीकोमा लैजादा २ हजार भन्दा बढि मुल्य दिन नसक्ने बताए पछि सोही मुल्यमा धान बेच्न बाध्य भएको नयाँ कोर्सलाई जानकारी दिए ।
सरकारले धानको मुल्य कामय गरेको भएपनि व्यवसायीलाई सोही मुल्यमा खरीद गर्न बाध्य पार्ने कुनै सम्यन्त्र बनाएको छैन ।
बर्दिया बढैयाताल गाउँपालिका वडा नं ५ का गल्ला व्यवसायी राम आवातार थारुले आफुहले २ हजार १ सयमा मोटा धान किन्दै आएको बताए । उनले सरकारी दर रेटका कुरा गर्दा आफु सो मुल्यमा किन्न बाध्य नभएको र जसले किन्छ सोही ठाउमा लगेर धान बेच्न भने ।
बढैया ताल ५ का किसान कर्ण बहादुर बिकले सरकारले मोटो धानको मुल्य २ हजार ७ सय ३५ तोकोको छ भन्ने कुरा सुनेको भएपनि आफुले २ हजार १ सय प्रतिकुञ्टलका दरले धान बिक्रि गर्न बाध्य भएको नयाँकोर्सलाई बताए ।
सरकारले धानको मुल्य तय गरेको भएपनि सो मुल्यमा कसले धान खरिद गर्ने हो सोके टुगो छैन । व्यावसायीहरुले आफुहरुले सरकारले तोकेको दर रेटमा खरिद गर्न नसक्ने बताउदै आएका छन ।
सहकारी सञ्जाल लुम्विनी प्रदेशका अध्यक्ष प्रेम सुबेदीले आफु माताहतका सहकारीलाई सकारले तोकेको दर रेटमा धान खरिद गर्न निर्देशन दिएको नयाँकोर्सलाई बताए । तर, धान खरिद गर्ने सहकारीहरु नहुदा किसानले आफुले उत्पादन गरेको धान भने कम मुल्यमै बेच्न बाध्य छन ।

Nabintech