१५ मंसिर २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोना संक्रमितलाई  परीक्षा दिने व्यवस्था गर्न सर्वोच्चको आदेश


काठमाडौ / सर्वोच्च अदालतले कोरोना संक्रमित लोकसेवा आयोगका विद्यार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाउन अन्तरिम आदेश दिएको छ ।

उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले बुँदा नम्बर ८९१० लाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

लोक सेवा आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७७ जारी गर्दै बुँदा नम्बर ८९१० मा कोरोना संक्रमितले परीक्षा दिन नपाउने व्यवस्था गरेको थियो ।

कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी आयोगले बनाएको मापदण्डलाई सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएको छ ।

‘यसमा, के कसो भएको हो रु निवदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो रु आदेश जारी हुनु नपर्ने भए सो को आधार कारणसहित यो अदोश प्राप्त भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नू’, आदेशमा उल्लेख गरिएको छ ।

सर्वोच्चले कोरोना संक्रमितलाई आवश्यक वैकल्पिक सुरक्षित व्यवस्थासहित परीक्षामा सहभागी गराउन र संक्रमित नभएका व्यक्ति समेत संक्रमित हुने खतरालाई समेत ख्याल गर्न आदेश दिएको छ ।

Nabintech