१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अनेरास्ववियू बाँकेको एकता प्रक्रियामा असन्तुष्ट विद्यार्थी नेताहरुले असन्तुष्टि पत्र बुझाए


कोहलपुर (बाँके)/नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भातृ संगठनको एकीकरण प्रक्रिया अन्तर्गत बाँके जिल्ला अनेरास्ववियूको एकता प्रक्रिया मा विवाद समाधान गर्नका लागि साविकका जिल्ला स्तरीय विद्यार्थी नेताहरुले अनेरास्ववियू केन्द्रीय कमिटीका संयोजक र सह संयोजकलाई असन्तुष्टि पत्र बुझाएका छन् ।

अनेरास्ववियु बाँके को एकता मा संयोजक र सह संयोजक ले विधिप्रकृया विधान एकताको सर्कुलर र संगठनका स्थापित मान्यता भन्दा बाहिर गएर मनोमानिगरेर एकता टुंगोमा पुर्याएको विद्यार्थी नेताहरूले आरोप लगाएका छन् ।

संगठनको एकता भन्नाले साबिक को अनेरास्ववियु जिल्लाकमिटी र साबिक को अखिल क्रान्तिकारी जिल्ला कमिटीको एकता हुनु पर्ने हो तर संयोजक र सह संयोजकले संगठनको विधि बिधान र सर्कुलर भन्दा बाहिर गइ कमिटी गठन गरेको र सिनियरको आधारमा पुराना साथीहरूलाई समावेश गरि पुनः एकता गठन गर्नका लागि विद्यार्थी नेताहरु सुमन घिमिरे , प्रकाशमान सिंह, प्रकाश खड्का, विकास थापा, आर एन बस्नेत, दीक्षा मल्ल, एलिसा सिंह ठकुरी, रविन्द्र सिंह ठकुरी, रबि कुमार बराइली, टेकराज आचार्य लगायतले हस्ताक्षर गरेर पत्र बुझाएका छन् ।

विद्यार्थी नेताहरुले आज माउ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँके जिल्ला पार्टी अध्यक्ष आइ पी खरेल र पार्टी सचिव अशोक कोइरालालाई पनि उक्त पत्रको बोधार्थ बुझाएका छन् ।

Nabintech